हार्दिक श्रद्धाञ्जली

सम्पादकीय

नेपालका भिआइपीहरु विभिन्न दुर्घटनामा ज्यान गुमाइरहेका छन् । केही दिन अघि दुर्घटनामा परी दाङका नेता प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको मृत्युको खबरले स्तब्ध भएको अवस्थामा बुधबार भयानक दुर्घटना घटेको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, नेपाली राजनीतिमा सधै प्रभावमा रहने, कुसल र मृदुभाषी रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार दिउँसो ताप्लेजुङमा भएको दुर्घटनाले मन्त्री अधिकारीसहित अन्य सातजनाको ज्यान लिएको छ । नेकपाभित्रका बौद्धिक तथा प्रभावशाली नेताका रुपमा चिनिने अधिकारीको निधनले सिङ्गो नेपाललाई नै स्तब्ध पारेको छ । स्थानीय विमानस्थलको स्थलगत निरिक्षण गर्न ताप्लेजुङ पुगेका अधिकारी कहिल्यै नफर्कने गरी अस्ताएका छन् । यो दुखद् घडीमा मृतआत्माप्रति हार्दिक श्रद्धाञ्जली ।
पछिल्लो समय नेपालको हवाई यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही वर्षदेखि असुरक्षित बन्दै गएको नेपाली आकाशमा बुधबार पनि ठूलो र भयानक हवाई दुर्घटना भएको छ । राज्यका विशिष्ट ब्यक्तिहरु सवार हेलिकोप्टर दुर्घटना हुँदा भएको क्षतिले अहिले नेपाललाई स्तब्ध बनाएको छ । बहालवाला मन्त्री, मन्त्रालयका अधिकारी, हवाई सेवा सञ्चालनको दुर्घटनामा परी निधन हुनुले पनि नेपाली आकाशमा हवाई सेवा असुरक्षित भएको देखाइरहेको छ । १३ वर्ष अघि पनि राज्यकै विशिष्ट ब्यक्तिहरु सवार हेलिकोप्टर दुर्घटना हुँदा ठूलै क्षति भएको थियो । भने विभिन्न समयमा हवाईजहाज दुर्घटनाहरु भइ नै रहेका छन् । दुर्घटनाले प्रभुद्ध तथा कुशल ब्यक्तिहरुलाई अकालमा ज्यान लिइरहेको छ । बुधबारको दुर्घटनाले मन्त्री अधिकारी, यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक, वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, उपसचिव युवराज दाहाल, इन्जिनियर नेपाल नागरिक उड्डयन प्राधिकरण धु्रवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीलाई अकालमा नै दुर्घटनाले ज्यान लिएको छ । उहाँहरु प्रति श्रद्धासुमन छ । एकसाता अघि दाङले एकजना कुसल राजनीतिज्ञ गुमाएको छ । अहिले नेपालले नै एक कुशल राजनीतिज्ञ गुमाउन परेको छ । राज्यले यस्ताखाले दुर्घटनाहरु न्यूनीकरण गर्नेतर्फ लैजान सकेमा र यसतर्फ सबै सहज भएमा आगामी दिनमा ठूला दुर्घटना रोक्न पहल गर्नुपर्छ । यो अवस्थाको अन्त्य गर्न नेपाली आकाशलाई सुरक्षित गराउन राज्य गम्भीर हुनुपर्छ । दुर्घटनामा परेर मृत्युवरण गर्ने सबैप्रति पुनः एकपटक दुःख ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *