Friday, April 19, 2024
Homeफिचरघोराही खानेपानीमा प्रजातान्त्रिक प्यानल

घोराही खानेपानीमा प्रजातान्त्रिक प्यानल

- Advertisement -spot_img

घोराही, २७ माघ ।
घोराही खानेपानी तथा सरसफाई संस्थाको अध्यक्षमा देवीबहादुर डिसीको प्यानल विजयी भएको छ । शनिबार घोराहीमा भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा पुनः छैठौं पटकका लागि देवीबहादुर डिसी विजयी भएका हुन् ।
बामपन्थी प्यानलका प्रतिद्वन्द्वी गणेश श्रेष्ठलाई एक हजार २१ बढी मत प्राप्त गरेर विजयी भएका हुन् । डिसीले एक हजार नौ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी श्रेष्ठले नौ सय ७४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा भरतमणि पाण्डे, सचिवमा सुमन शर्मा, कोषाध्यक्ष, नरबहादुर बुढाथोकी विजयी भएका छन् भने खुल्ला सदस्यमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यहरुमा खुमा खड्का, यशोदादेवी पाण्डे, लक्ष्मीसिंह ठकुरी विजयी भएको निर्वाचन अधिकृत रेवतिरमण भट्टराईले जानकारी दिए । नेतृत्व आगामी तीन वर्षका लागि हुने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here