- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारहाम्रो संस्कृति र नागपञ्चमी

हाम्रो संस्कृति र नागपञ्चमी

- Advertisement -spot_img

नाग भन्नु विशेष प्रकारको सर्प हो । हिन्दू परम्परा अनुसार नाग अर्थात् सर्पलाई शिवसँग जोडेर हेरिन्छ । शिवले नागलाई आफ्नो घाटीमा राख्ने हुनाले पनि हिन्दूहरुले नागलाई पूजा गर्दछन् । नागपञ्चमी दिन घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गरिन्छ ।
प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घरमा लिपपोत गरी घरको मूलढोकामाथि गोबरले नागको फोटो टाँस्ने हिन्दूहरुको संस्कृति बनेको छ । नागको फोटोमा गाईको दूध र दुबो चढाई पूजा अर्चना गरिन्छ ।
नागपञ्चमीको दिन विशेषगरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । कपासको नाग बनाएर पूजा गर्ने, सर्पको प्वालमा दूध, दुबो, गहुँ चौलानी राखिदिने र पूजा गर्ने प्रचलन पनि रहेको छ ।
नागपञ्चमीको दिन कालो रंगको नागको विशेष पूजा गरिने परम्परा रहेको पाइन्छ । नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने विश्वास छ ।
नागको बारेमा काठमाडाँै उपत्यमा मञ्जुश्रीले तलाउ खोलेको कुरा पनि जोडिने गरेको छ । उपत्यका पहिले एउटा तलाउ थियो । तलाउको नाम टेथिस सागर भन्ने गरिन्थो ।
त्यस सागरको पानी चोभारमा गल्छी बनाएर पानीलाई निकाले र मञ्जुश्रीले मानव बस्तीको विकास गरेपछि सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पार्न त्यसबेला उपत्यकामा धेरै ठाउँमा नागको स्थानहरु बनाइएको थियो ।
श्रीकृष्णले श्रावण शुक्ल पञ्चमीका दिन काली नागमाथि विजय प्राप्त गरेर नागहरुलाई शान्त गरेको उपलक्ष्यमा नाग पञ्चमी मनाउन थालिएको भनाइ पनि छ । धार्मिक ग्रन्थ अनुसार कस्यप ऋषिका १३ पत्नीहरुमध्य कद्रले आठ नागहरुलाई जन्म दिईन ।
ति नागहरु पातालका शासक भए । यी नागहरु धेरै शक्तिशाली मानिन्थे । त्यसकारण पनि नागको पूजा गर्न थालिएको तर्क पनि छ । जुन कारणले यिनै आठ नागका नामहरु लेखेर ढोकामा टाँस्ने गरिन्छ । नागलाई वर्षाको स्रोत पनि मानिन्छ ।
नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतीबाली गर्न गाह्रो हुने हुनाले पनि नागको पूजा आवश्यक मानिन्छ । बर्षात र गर्मी मौसममा सर्पको डर हुने भएकाले पनि नाग अर्थात् सर्पबाट सतर्क रहन अथवा सन्तुष्ट पार्न नाग पूजाको प्रचलन आएको हो भन्ने पनि छ ।
नागहरु आठ थरिका हुन्छन् । ति हुन्ः शेष नाग जसमा विष्णु शयन गर्नु हुन्छ । बासुकी नाग, जसको शरीरको माथिल्लो भाग मनुष्य र तल्लो भाग नागको हुन्छ ।
त्यस्तै काठमाडौँको टौदहस्थित कर्कोटक र अन्य नागहरु तक्षक, पदमा, कुलीर, महापद्मा, र संख्पाल भन्ने छन् । समुन्द्रलाई मन्थन गर्दा नागहरुका राजा बासुकी नागलाई देवता र दानवहरुले डोरीको रुपमा प्रयोग गरेका थिए ।
जसरी देवताहरु बस्ने ठाउँलाई स्वर्ग भनिन्छ । नागहरु बस्ने ठाउँलाई पाताल भनिन्छ । नागपञ्चमीको अवसरमा नागसँग जोडिएको प्रसंगहरु पनि छन् । सर्पको दाँत आफ्नो शिकार गर्नको लागि र चपाएर निल्नको लागि प्रयोग हुन्छ ।
सर्पको मुखको भित्रपट्टीको भागमा दाँत रहेका हुन्छन् । सर्पको आँखामा परेली हुँदैन । त्यसैले सर्पको आँखा सधैभरी खुला रहेको हुन्छ । यसैकारणले गर्दा सर्पले आँखाले सुन्न सक्छ भन्ने विश्वास रहेको छ र सर्पलाई संस्कृतमा चक्षुश्रवा अर्थात् आँखाले सुन्न सक्ने प्राणी पनि भनिन्छ ।
सर्पले कुनै वस्तु खानेक्रममा मुखबाट धेरै ¥याल निकाल्छ । जसले गर्दा मुखमा पसेको खाने आहारा चिप्लो हुन्छ र सर्पलाई निल्न सजिलो हुन्छ । विभिन्न प्रकारका सर्पको खाना खाने समय पनि फरक–फरक हुन्छ ।
सामान्यतया, साना सर्पले ३,४ दिनमा एकचोटी खाने गर्दछ । तर ठूला सर्पले हप्ता दिनमा एकचोटी खाने गर्छन् । अजिङ्गरजस्ता ठूला सर्पले त धेरै महिनासम्म पनि नखाई बाँच्न सक्छन् । सर्पको मुटुमा तीन कोठा रहेका हुन्छ । अन्य स्तनधारी प्राणीको झैँ सर्पको कान हुँदैन ।
सर्पको सुन्ने भाग भनेको एकप्रकारको हड्डी हुन्छ । जसलाई क्वाड्रेट बोन भनिन्छ, जुन हड्डी टाउकोमा जोडिएको हुन्छ । यसले टाढाको आवाजलाई सर्पले सुन्ने काम गर्दछ ।
सर्पले हावामा बगिरहेको आवाज अर्थात् ध्वनी तरंगलाई राम्रोसँग सुन्न सक्दैन । तर जमिनबाट निक्लेका हरेक कम्पनहरुलाई थाहा पाउने गर्छ । जुन कारणले सर्पलाई संवेदनशील प्राणी भनेर पनि चिनिन्छ ।
हामी प्रकृतिप्रेमी हौँ । सर्प मात्र नभएर प्रकृतिमा भएका हिमाल, पहाड, नदीनाला र प्रकृतिमा पाइने बर, पिपल, तुलसीजस्ता रुख बिरुवाहरुलाई पनि हामीहरुले पूजा गर्दछौँ । त्यतिमात्र होइन कुकुर, गाई, गोरुसमेत घरेलु जनावरहरुलाई पनि हामी पूजा गर्दै आएका छाँै ।
हाम्रो संस्कृति अनुसार नागपञ्चमीको दिन नाग अर्थात् सर्पको पनि हामी हिन्दूहरुले ऐतिहासिक कालखण्डदेखि नै पूजा गर्दै आएका छौँ । शेष नागले सम्पूर्ण विश्व ब्रम्हाण्ड थामेको धार्मिक मान्यतासमेत रहिआएको छ ।
तर इसाई धर्ममा सर्पलाई सैतानको रुपमा व्याख्या गरिएको पाइन्छ । चिनियाँ पात्रो अनुसार विभिन्न प्राणीको नाममा वर्षको नामाकरण गर्ने क्रममा सर्प वर्षसमेत रहेको पाइन्छ ।
मिश्रको सभ्यताअन्तर्गत प्राचीन मिश्रबासीहरुले समेत सर्पलाई ईश्वरको रुपमा पूजा गर्ने गर्दथे । प्राचीन ग्रिकबासीहरुले समेत सर्पका बारेमा धेरै कुराहरु बताएका छन् ।
प्रकृतिका हरेक जीवजन्तु र वनस्पति आपसमा अन्तरसम्बन्धित छन् । वातावरणका जैविक र अजैविक पदार्थहरुबीचको क्रिया प्रतिक्रिया र लेनदेनबाट नै पर्यावरणको सनातन चक्र सन्तुलित भएर चलिरहन्छ ।
यसकारण पनि कुनै पनि जीवलाई यो चक्रबाट निकालि दिने हो भने समग्र प्रणालीमा खलल पुग्न जान्छ । सर्प पनि प्रकृतिको खाद्य श्रृङ्खलाको मांशहारी उपभोक्ताको रुपमा रहेको हुन्छ । सर्पले भ्यागतो, छेपारो, मुसा आदिको शिकार गर्छ । जब कि सर्पलाई गरुड,
चिल न्याउरीमुसो लगायतका ठूला पंक्षी र जनावरहरुले खाने गर्छन् । यसकारण यदि सर्प लोप हुने हो भने एकातिर मुसा, छेपारोलगायतका जीवको संख्या अत्यधिक बढ्न जान्छ भने आहारको लागि सर्पमा निर्भर रहेका उल्लेखित पंक्षीहरुसमेत खानाको अभावमा लोप हुन्छन् ।
त्यसकारण सबै प्रकारका जीवको संख्या र क्षमतालाई नियन्त्रणमा राख्दै प्रकृतिको खाद्य श्रृङ्खलालाई सन्तुलित पार्नको लागि पनि सर्प धेरै महत्वपूर्ण मानिन्छ । यतिमात्र होइन हाम्रो बालीनालीको मुख्य शत्रुको रुपमा रहेको मुसाको मुख्य शत्रु सर्प भएकाले पनि यो हाम्रो लागि अति नै उपयोगी रहेको छ ।
गर्मीको समयमा सर्पहरु जमिनको बाहिरी भागमा निस्कन्छन् । यो मौसममा जमिनभित्र बसेका सर्पहरु पानी तथा आहारको लागि बाहिर निस्कने गर्दछन् । सर्प धेरै प्रजातिका हुन्छन् । प्रजाति अनुसार उनीहरुको बासस्थान र स्वभाव पनि फरक हुन्छ ।
कुनै सर्पहरु सधैभरी पानीमै रहने खालका हुन्छन् भने कुनै जमिनमुनि बसेर त्यही भएका प्राणीहरुको आहार गर्ने गर्दछन् । तर धेरै गर्मीको कारणले ती सर्पहरु बाहिर निस्केर आफ्नो आहाराको लागि घरेलु जनावरहरुलाई आक्रमण गर्ने गर्दछन् ।
नेपालमा पाइने धेरैजसो सर्पहरु मानिसको लागि खतरनाक हुँदैनन् । कुनै–कुनै सर्पको त विष नै हुँदैन, त्यस्ता सर्पहरुले आफ्नो शिकारलाई कि त मार्दछन् कि चाहिँ सकेसम्म निल्ने कोसिस गर्दछन् । तर विषालु हुँदैनन् भन्दैमा सर्प देखेपछि जिस्काउने अथवा चलाउने गर्नुहुँदैन र यदि सर्पले डसिहालेमा लापरवाही गरेर बस्नु भने पक्कै पनि हुँदैन ।

हामी प्रकृतिप्रेमी हौँ । सर्प मात्र नभएर प्रकृतिमा भएका हिमाल, पहाड, नदीनाला र प्रकृतिमा पाइने बर, पिपल, तुलसीजस्ता रुख बिरुवाहरुलाई पनि हामीहरुले पूजा गर्दछौँ । त्यतिमात्र होइन कुकुर, गाई, गोरुसमेत घरेलु जनावरहरुलाई पनि हामी पूजा गर्दै आएका छौँ।

हाम्रो संस्कृति अनुसार नागपञ्चमीको दिन नाग अर्थात् सर्पको पनि हामी हिन्दूहरुले ऐतिहासिक कालखण्डदेखि नै पूजा गर्दै आएका छौँ । शेष नागले सम्पूर्ण विश्व ब्रम्हाण्ड थामेको धार्मिक मान्यतासमेत रहिआएको छ ।

हामी सर्प देख्ने बित्तिकै डराउने गर्दछौँ । धेरै मानिसहरुलाई के भ्रम पनि छ भो सबै सर्प बिषालु हुन्छन् र यिनीहरुलाई मार्न पर्दछ भन्ने धारणा छ । सर्पको बारेमा हामीहरुले धेरै कुराहरु जान्न जरुरी छ ।
तपाईलाई सर्पले डसेको छ भने हतोत्साहित नहुनुहोस् नआत्तिनुहोस् धेरैजसो सर्पहरु विषालु हुँदैनन् र अझै भन्ने नै हो भने खतरनाक विषालु सर्पहरुले पनि मानिसलाई डसेको खण्डमा प्रायः आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन् ।
सर्पलाई समाउन वा मार्न खोजेर अर्को डसाइको खतरा नमोल्नुहोस् र सर्पलाई खोजेर समय खेर नफाल्नुहोस् । यदि सर्पलाई पहिले नै मारिसकेको छ भने त्यसको विषको पहिचानको लागि मरेको सर्पलाई बिरामीसँगै उपचार केन्द्रमा सुरक्षित तवरले लैजानुहोस् ।
सर्पले डसेको हात वा खुट्टालाई नजिकै पाइने सामानहरुको प्रयोग गरेर अचल बनाउनुहोस् र त्यसलाई स्थिर राख्नुहोस् । आत्तिएर अथवा चाँडै अस्पताल पुग्छु भनेर दौड्ने काम नगर्नुहोस्, दौडिदा शरीरमा विष फैलिने काम छिटो हुन्छ । त्यस्तो बेलामा नजिकै भएको मानिसलाई आफूलाई स्वास्थ्य चौकी लैजान लगाउनुहोस् ।
कोब्रा जातको सर्पको २ सय ७० किसिमका प्रजातिहरु रहेका छन् । एनाकोण्डालाई सर्वाधिक मोटो सर्प मानिन्छ । यसको गोलाई ४४ ईन्चसम्मको हुन्छ । सर्वाधिक लामो सर्प रिटिकुलेटेड पाइथनलाई मानिन्छ ।
यो सर्प ३३ फिटसम्म लामो हुने गर्छ । थ्रिड जातको सर्प सर्वाधिक सानो हुन्छ । यसको लम्वाई ४ ईन्च मात्र हुन्छ । सर्पहरुमा सबैभन्दा चाडो सिक्ने काम कोब्राले गर्छ । विश्वको सर्वाधिक विषालु सर्पमा अष्ट्रेलियामा पाईने इन्ल्याड ताईपान नामको हो । भने कोब्रा बिषालुमा आठौं स्थानमा रहेको छ ।
अहिलेसम्मको अध्ययन अनुसार सर्प २९ सय प्रजातिको हुन्छ । जमिनमा घर्षनेदेखि लिएर उड्नेसमेत सर्पहरु हुन्छन् । तर सबै प्रजातिका सर्पहरु विषालु भने हुँदैनन् । नेपालमा अहिलेसम्मको अध्ययन अनुसार ८० देखि ९० सम्मका प्रजातिका सर्पहरु पाइने गरेको छ ।
संसारमा पाइने २ हजार ९ सय प्रजातिका सर्पहरुमध्ये ७ सय ५० मात्र विषालु हुन्छन् । तर नेपालमा भने २ सय ५० प्रजातिका सर्पहरु मात्र मानिसहरुका लागि खतरा मानिन्छन् ।
जीवशास्त्रीको भनाई अनुसार नेपालमा पाइने सर्पहरुमा २० प्रतिशत मात्र विषालु हुने कुरा बताएका छन् । त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी चार प्रजातिका सर्प विषालु मानिन्छन् ।
नेपालमा सर्पको टोकाईबाट प्रत्येक बर्ष मानिसहरु मर्ने गर्दछन् । सर्पले टोक्नासाथ धेरै मानिसहरु अस्पतालमा उपचारको लागि आउन नसक्नाले सर्पको टोकाईबाट प्रत्येक साल मर्नेको एकीन तथ्याङ्क राज्यसँग छैन ।
विशेषगरी गर्मीको समयमा अर्थात् वर्षाको समयमा तराईका जिल्लामा सर्पको बिगबिगी हुने गर्दछ । गर्मीको समयमा सर्प प्वालबाट बाहिर निस्कने र आहाराको खोजीमा हिड्ने हुँदा सर्पले मानिसलाई उसको बाटोमा अवरोध भयो भने टोक्ने गर्दछ ।
सर्पले टोकेपछि गाउँघरमा अझै पनि फुक्ने अथवा झारने अन्धविश्वासको प्रचलन छ । विषालु सर्पले टोकेपछि फुकेर, झारेर अथवा चुसेर सञ्चो हँुदैन । यसरी सञ्चो हुने भनेको विष नभएको सर्पले टोकेको भएमात्र सञ्चो हुने हो ।
सबै प्रजातिका सर्पहरु मांसहारी हुन्छन् । सर्पको प्रजाति अनुसार किरा, फट्याङ्ग्रा, मुसादेखि लिएर वदेल, हरिणजस्ता जनावर पनि सर्पको आहारा हुन्छन् । ठूला प्रजातिका अजिङ्गरले मानिस अथवा अन्य ठूला जीवहरुलाई समेत निल्ने गर्दछ ।
सबै प्रजातिका सर्पहरुले खानाको रुपमा कुनै जीवलाई खाँदा चपाउँदैन, मात्र उसले निल्ने गर्दछ । सर्पको बारेमा मानिसहरुलाई धेरै कुरा भ्रामक ज्ञान रहेको छ । कहिँ कतै सर्प जोडिएर बटारिएको देखियो भने धेरै मानिसले सर्पको यौनजन्य क्रियाकलाप भन्ने गर्दछन् ।
तर त्यो क्रियाकलापको दृष्य त्यस्तो होइन । त्यो भाले सर्पको लडाई मात्र हो । सर्पमा आफ्नो एरियामा जसको जीत हुन्छ ऊ मात्र बस्न रुचाउँछ । कमजोर अर्थात् निर्दो सर्पलाई ठूलो सर्पले लखेद्छ ।
सर्पले टोक्नकै लागि मानिसहरु खोज्दै हिड्दैन । सामान्यता मानिसहरुले सर्पलाई लखेट्दा, उसलाई चलाउँदा, वा घाइते बनाउँदा मात्र सर्पले मानिसहरुलाई टोक्ने गर्दछ । हालसम्मको अध्ययन अनुसार सबैभन्दा ठूला मानिने सर्प अजिङ्गर हो ।
त्यसैगरी संसारभरको सबैभन्दा विषालु मानिने सर्प राजगोमन हो । अजिङ्गर ६–७ मिटर लामो र करिब एक क्युण्टलसम्मको तौलमा भेटिएको छ । त्यसैगरी संसारकै सबैभन्दा स्यानो सर्प तेलिया सर्प हो । यो सर्प हेर्दा गडौलाजस्तो आकारमा देखिन्छ ।
गोमन सर्पको विष, काचुली, छाला र बोसो परम्परागत औषधी बनाउन प्रयोगमा ल्याइएको छ । गोमन सर्पभन्दा पनि विषालु सर्प उड्ने सर्प हो । धेरैलाई अचम्म लाग्न सक्दछ उड्ने सर्प पनि हुन्छ भन्दा ।
दक्षिण अफ्रिकाको जंगलमा पाइने युरोपेलटाइडी नामको यो सर्प ३ फिटसम्म लामो हुन्छ । भोक मेटाउन यो सर्प ग्लाइडर उडेझै आकासमा यो सर्प उड्छ । आकाशमा यसरी उड्दा यो सर्पले आकाशमा उडिरहेका चराहरु खाने गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here