- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरहाम्रो दुःखको कारक हामी आफै

हाम्रो दुःखको कारक हामी आफै

- Advertisement -spot_img

हामी सबैलाई हाँसो चाहिएको छ । हामी सबैलाई विजय चाहिएको छ । हामी सबैलाई सफलता चाहिएको छ । हामी सबैलाई सुख, सन्तोष चाहिएको छ । हामी सबैलाई धन–सम्पन्नता चाहिएको छ । हामी सबैलाई आयु–आरोग्य चाहिएको छ । हामी सबैलाई शान्ति–अमनचयन चाहिएको छ । हामी सबैलाई शुभ–लाभ चाहिएको छ ।
हामी सबैलाई सिद्धि–समृद्धि चाहिएको छ । हामी सबैलाई रमाइलो र मनोरञ्जन चाहिएको छ । हामी सबैलाई बुद्धि र विवेक चाहिएको छ । हामी सबैलाई शक्ति र सामथ्र्य चाहिएको छ । हामी सबैलाई जोश, जाँगर र हिम्मत चाहिएको छ । हामी सबैलाई पद र प्रतिष्ठा चाहिएको छ । हामी सबैलाई वैभव र ऐश्वर्य चाहिएको छ ।
हामी सबैलाई सर्वसम्पन्नता चाहिएको छ । यी र यस्तै यावत हाम्रा चाहनालाई पूरा गर्ने वा गरिदिने पात्र को हो ? त्यो भने हामी खोज्नै र जान्नै पर्ने हुन्छ । मानिसका अनेकौं इच्छा, चाहना र कामना बाहिरी शक्तिले पूरा गरिदिन्छ वा पूरा गरिदेला भन्ने सोच्नु किमार्थ सही होइन । किनभने हामीजस्तै वा म जस्तै अर्को व्यक्ति पनि त्यही चाहना र कामनामा डुबेको छ ।
यदि सबैका चाहना र कामना नै उही हो भन्ने आफ्नो पूरा गर्न छोडेर किन अरूको गथ्र्यो र ? त्यसैले हामी जे बन्ने हो, आफै बन्ने हो । वनको काँडालाई कसैले तिखारेको होइन । उफ आफै तीखो छ र उसले सबैलाई घोच्छ, बिजाउँछ र खिलाउँछ । त्यस्तै वनको सिस्नो कसैले पोल्ने वा चिल्ने बनाएको होइन । ऊ आफै पोल्ने र चिल्ने बनेको छ ।
प्रकृतिमा अनेकौं नकारात्मक र सकारात्मक वनस्पति छन् । त्यस्तै प्रकृतिमा अनेकौं अमृत र विषतुल्य वनस्पति छन् । ती सबै कसैले बनाएको होइनन् । त्यसैकारण पनि मानव जाति पनि प्रकृतिसँग नै सम्बन्धित प्राणी हो । उसले पनि हाम्रो गुण, धर्म र विशेषता आफै बनाउनुपर्दछ र निर्धारण गर्नुपर्दछ ।
हामी दुःखी बन्ने कि सुखी बन्ने ? यो प्रश्न पनि आफूले आफैलाई सोधौं र हामीले दुःखको बाटो के–के हो हो र सुखको बाटो के–के हो ? त्यो पनि जानौं र सिकौं ।
हाम्रा चाहनाले मात्र पुग्दैन । हाम्रा चाहना बमोजिमका कार्य हामी आफैले सम्पादन गर्न सक्नुपर्दछ । हामीले हाम्रो मर्म, भावना, चाहना, कामना अरूलाई जानकारी गराउने होइन । हामी आफै जानकार भएर तदनुसार अघि बढ्ने हो । हाम्रो शरीर कस्तो छ ? त्यो हामीलाई थाहा छ । हाम्रो रोग के छ ? त्यो हामीलाई थाहा छ ।
हामीलाई के बन्ने चाहना छ ? त्यो आफैलाई थाहा छ । हामीलाई के मन पर्दैन ? त्यो हामी आफैलाई थाहा छ । हामी आफ्नो बारेमा हामी स्वयमबाहेक अरू कोही पनि जानकारी छैन र हुँदैन पनि । यति आफ्ना बारेमा जानकार हुँदाहुँदै पनि हामी किन हाम्रा लागि सुखको कारकतत्व बन्न सकिरहेका छैनौं ? हामीलाई आफ्नो बारेमा जति थाहा छ, त्यति कुरा कसलाई थाहा होला हाम्रै दुःखको कारक बन्न पुग्यौं ? प्रसंग बडो गजबको छ ।
हामीले चाहन्छौं एउटा कुरा र गर्छौ अर्कोतिर । हाम्रो चाहना बमोजिका कार्य सम्पादन गर्न किन सकिरहेका छैनौं ? यो नै आजको जटिल र गम्भीर प्रश्न हो । सबैको उद्देश्य, चाहना समान हुँदाहुँदै पनि कर्मको गति किन फरक ? फरक कर्म, फरक गति, फरक चाल र फरक मार्गले समान लक्ष्य हासिल गर्न सकिन्छ ।
यदि हामीमध्ये कोही कसैलाई निरोगी बन्न मन लागेको छ भने आफ्नो शरीरलाई भित्रैदेखि हरेक कुरा नियाल्नु प¥यो कि परेन ? अर्थात् तातो खाने कि चिसो ? खस्रो खाने कि मसिनो ? तीतो खाने कि मीठो ? साकाहारी खाने कि मांसहारी ? थोरै खाने कि धेरै ? घर खाने कि पर ? एक छाक खाने दुई छाक ? चुकिलो खाने कि पीरो ?

यदि हाम्रो शरीर हाम्रो वश र नियन्त्रणमा छ भने बाँकी कुरा पनि हामीले नियन्त्रण गर्न सक्ने छौं । आफ्नै शरीर बेलगामको घोडसरी भएको बखत संसार जित्ने यदि कसैको रहर छ भने त्यो दिउँसै देखेको सपना हो ।

त्यसमा धेरै आशावादी नबनौं । हामीसँग भएको हाम्रो शरीर पहिलो सफलताको खुड्किलो हो । यदि हामी हाम्रै लागि दुःखको कारणतत्व छैनौं भने पक्कै पनि संसार जित्ने हाम्रो रहर पूरा हुनेछ तर संसार जित्नु अनि आफूलाई जितौं ।


अमिलो खाने कि गुलियो ? यावत कुरा त आफूले थाहा पाएर आफ्नो शरीरलाई सोधेर खाने बानी बसाल्नुप¥यो नि ? हामीले खाएको खानाले हामीलाई फाइदा गर्न सक्यो भने मात्र हामी निरोगी हुने हो । हामीले खाएको खाना हाम्रो शरीरले सजिलै पचाउन सक्यो र ग्रहण गर्न सक्यो भनेमात्र हामी निरोगी हुने हो । हामीले आफ्नो शरीरले चाहेको, मागेको, खोजेको र रोजेको भन्दा पनि आफ्नो शरीरका लागि कस्तो खानाको जरूरी छ ?
त्यो हामीलाई अनिवार्य हुनुप¥यो । आजकाल सुन्ने र देख्ने गरिन्छ, त्यो के हो भने म यत्ति कुरा साथीका लागि खाइदिन्छु । म आजको लागि साथीले खुवाएका कुरा खाइदिन्छु । मैले मेरो साथीलाई खुशी पार्नकै लागि भएपनि यो कुरा निलिदिन्छु ।
म आज रमाइलैका लागि भने पनि यो कुरा खाइदिन्छु । म आज यो उत्सवका अवसरमा यो कुरा खाइदिन्छु । यस्ता अनेकौं बहाना छन् । जो खाने कुरामा प्रयोग हुने गर्छन् । त्यसकारण शरीर त आफ्नै हो नि ?
यदि कोही कसैको इच्छा, चाहना, खुशी, मनोरञ्जन तथा उत्सव भएपनि त्यो शरीरका लागि अनुकूल छ कि प्रतिकूल ? त्यो कसले छुट्याउने ? त्यो कसले जान्ने ? त्यो कसले थाहा पाउने ? त्यो कसले जानकारी लिने ?
एउटा खाने सवालमा त हामी कसैको इच्छा, चाहना र इशारामा नाचिदिन्छौं भने हामी हाम्रा यावत कुरामा कसरी साध्य बन्न सक्छौँ ? हाम्रा लागि सबैभन्दा प्यारो कुरा आफ्नो शरीर होइन ? शरीरभन्दा ठूलो कुरा अरू कुनै छ ? हामी यति ठूलो शरीर तथा स्वास्थ्यकै विषयमा हामी आज निकै लापरवाही छ । हामी छाडा छौं । हामी स्वतन्त्र छौं ।
हामी मुक्त छौं र हामी अन्धा पनि छौं । जसका कारण हामी दुःखी पनि छौं । यदि शरीर छैन भने यो दुनियाँमा के छ ? हामीले जे–जे गरेपनि सबै यो ज्यान र यो शरीरका लागि होइन ? यदि यही शरीर ठीक छैन भने अरू के ठीक छ त ? त्यसैले वर्तमान अवस्थाको कहालीलाग्दो क्षण भनेको मानिसले आफ्नै लागि आफै घातक आचरण अपनाउनु हो ।
आफ्नो शरीर आफ्ना लागि प्राथमिकतामा नपर्नु भनेको कहाँसम्मको लापरवाही ? विचार गरौं त ? जुन कुरा आफ्नो शरीरका लागि घातक र रोगपूर्ण अवस्थाको छ, त्यतै हाम्रो ध्यान केन्द्रित छ । हामीले कहिल्यै सोच्यौँ ? यो कुराले मेरो दीघजीवनमा कति असर पर्छ र पार्छ भनेर ? अन्य धेरै तपसिलका कुरा छोडौ ।
सर्वप्रथम आफ्नै स्वास्थ्इ तथा आफ्नै शरीरका बारेमा एकपटक गम्भीर मनन् गरौं त ? हामीले खाएका, पिएका, सेवन गरेका, ग्रहण गरेका र निलेका सबैकुरा हाम्रो सु–स्वास्थ्य तथा दीर्घायुमा अमृत बराबर लाभदायी छ ?
यदि छैन भने हामी किन आफ्नै स्वास्थ्यका लागि यति कमजोर बन्दैछौं त ? साँच्चिकै हाम्रो स्वास्थ्यको बारेमा हामीलाई चिन्ता नै नभएको हो त ? यदि त्यसो हो भने हामी आफ्नो स्वास्थ्यलाई धरापमा पारेर कुन जातको लक्ष्यमा पुग्न जमर्को गर्दैछौं त ?
हाम्रो शरीर, हाम्रो स्वास्थ्य, हाम्रो आरोग्यता, हाम्रो निरोगीता दाउमा राखेर प्राप्त गर्ने चाहना के हो त ? लक्ष्य के हो ? उद्देश्य के हो ? हामी क्षणिक आनन्दमा किन मग्न र मस्त छौं । आजको यो सानो हाँसो र मनोरञ्जनले भोलि जीवनमा ठूलै विपद् निम्त्याउँछ भन्ने कुराको ख्याल र अड्कल किन हुँदैन ? हामी खानेकुरामा मात्र होइन ।
यो त एउटा सानो प्रसंग र उदाहरण मात्र हो । हामी पाइला–पाइलामा नियायौं र विचार गरौं त ? हामी कति बेहोशी र अचेत छौँ ? हामी हिड्दा बाटोमा सचेत छैनौं । हामी बोल्दा शब्दमा सचेत छैनौं ?
हामी यात्रामा यातायातका साधनमा सचेत छैनौं ? हामी उत्सवमा आफ्ना क्रियाकलापमा सचेत छैनौं ? हामी साथी–भाइमा प्रेम प्रसंगमा सचेत छैनौं ?
हामी घरपरिवारमा हाँसो र खुसीमा सचेत छैनौं ? हामी इष्टमित्रमा माया र सद्भावमा सचेत छैनौं ? हामी हाम्रा सन्ततिमा संस्कार र शिष्टतामा सचेत छैनौं ? हामी हरेक स्थान, तह, तप्का र क्षेत्रमा अचेत, बेहोस र बेलगाम छौं । यसरी हामी कतातर्फ जाँदैछौं ? सकारात्मक बाटोतर्फ कि नकारात्मक बाटोतर्फ ? अहिलेसम्म हामीले कुन कुरालाई आफ्नो वश र नियन्त्रणमा राख्न सक्यौँ ?
हामीले हाम्रै शरीरका अंगलाई वश र नियन्त्रणमा राख्न सकिरहेको छैनौ भने अरू कुराको कल्पना गर्न सक्छौं ? हामीले गन्तव्य स्थललाई नियालेर हाम्रो खुट्टालाई वा यात्रालाई नियन्त्रणमा राख्न सक्यौं । हामील्े कर्मको फल र धर्म–अधर्मलाई नियालेर आफ्ना हात तथा पाखुरीलाई नियन्त्रणमा राख्न सक्यौं ?
हामीले मानिसको योग्यता र क्षमतालाई नियालेर बोली र वाणीलाई नियन्त्रणमा राख्न सक्यौं ? हामीले दृश्वावलोकनलाई नियालेर आफ्नो आँखालाई नियन्त्रणमा राख्न सक्यौं ? हामीले प्रिय र अप्रिय स्वरको ख्याल गरेर आफ्नो कानलाई नियन्त्रणमा राख्न सक्यौं ? हामीले न्याय र अन्यायको पाठ नियालेर आफ्नो टाउकोलाई नियन्त्रणमा राख्न सक्यौं ?
हामीले सुगन्ध वा दुर्गन्ध नियालेर आफ्नो नाकलाई नियन्त्रणमा राख्न सक्यौं ? हामीले मर्म र भावना नियालेर आफ्नो मन र मुटुलाई नियन्त्रणमा राख्न सक्यौं ? हामीले आचरण र चरित्रलाई पढेर आफ्नो कामुकलाई नियन्त्रणमा राख्न सक्यौं ?
हामीले आफ्नै शरीरमा जडिएका शरीरका अंगलाई त आफ्नो अनुकूल हुने गरी चलाउन, सञ्चालन गर्न, हाँक्न, डो¥याउन वा हिडाउन सकेनौं भने हाम्रो शरीर भन्दा बाहिरको कुरालाई प्राप्त गर्ने इच्छा कति सफल होला ?
त्यसकारण हामीले संसार जिन्त चाहना र चाहिरहँदा के कुरा जान्न र बुझ्न जरूरी छ भने सर्वप्रथम आफ्नै शरीरलाई जितौं । हाम्रै शरीरमाथि हामीले विजय प्राप्त गरौं । यदि हाम्रो शरीर हाम्रो वश र नियन्त्रणमा छ भने बाँकी कुरा पनि हामीले नियन्त्रण गर्न सक्ने छौं ।
आफ्नै शरीर बेलगामको घोडसरी भएको बखत संसार जित्ने यदि कसैको रहर छ भने त्यो दिउँसै देखेको सपना हो । त्यसमा धेरै आशावादी नबनौं । हामीसँग भएको हाम्रो शरीर पहिलो सफलताको खुड्किलो हो । यदि हामी हाम्रै लागि दुःखको कारणतत्व छैनौं भने पक्कै पनि संसार जित्ने हाम्रो रहर पूरा हुनेछ तर संसार जित्नु अनि आफूलाई जितौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here