हामीसँग आफ्नो भन्ने के छ ?

फिचर विचार

राष्ट्रियताको कुरा गर्दा, स्वाभिमानको कुरा गर्दा, भौगोलिक अखण्डताको कुरा गर्दा, देश विकास र समृद्धिको कुरा गर्दा र आफ्नो वर्चश्वको कुरा गर्दा, शक्ति, सामथ्र्य, पहिचान र योगदानको ठूलो भूमिका रहन्छ । भोको पेटले ठूला–ठूला कुरा त गर्न सकिएला तर आवश्यक परेको बेला लड्न, भिड्न र युद्ध गर्न शक्ति, बलर तागत नै चाहिन्छ ।
हामी नेपाली समय–समयमा र बेला–बेलामा छिमेकीको ईश्र्या, द्वेष, बदला, विवाद र प्रतिस्पर्धाका कुरा र भावना व्यक्त पनि गर्छौ । तर यी र यस्तै यावत कुराको परिवर्तन गर्न यी र यस्तै कुराको समस्याबाट उन्मुक्ति पाउन हामीले आफूलाई परिवर्तन गर्न नितान्त जरूरी छ र देखिन्छ । सर्वप्रथम हामी आफू परिवर्तन भएपछि मात्र सबथोक परिवर्तन गर्न सकिन्छ ।
यतिबेला हामी हाम्रै छिमेकीको कटु व्यवहारले छिया–छिया मन बोकेर जति तड्पे पनि र जति भड्के पनि हाम्रो सामथ्र्य र हैसियत सडकमा छताछुल्ल भई हाल्ने अवस्था छैन । छिमेकीले जुन कारणले हामीलाई हेपिरहेको छ, दबाईरहेको छ, थिचिरहेको छ र मिचिरहेको छ, त्यो कुरा पूर्णरूपमा सुधार र परिवर्तन नभएसम्म हामी सडकमा भिड्न र उत्रन सक्दैनौं । आज हामीसँग हाम्रो भन्ने के छ ?
एउटा सामान्य सियोदेखि लिएर असामान्य जहाज र रेलसम्म पनि हाम्रो मुख छिमेकतर्फ नै फर्केको छ । हामीसँग हाम्रो भन्ने के छ ? हामीले लगाएको सर्ट र कमिज कसको हो ? हामीले लगाएको जुत्ता–मोजा कसको हो ? हामीले लगाएको इतर–अत्तर कसको हो ? हामील्े लगाएको कुर्ता–सुरूवाल कसको हो ? हामीले लगाएको टाई–सुट कसको हो ? हामी चढ्ने गाडी कसको हो ?
हामी चढ्ने जीप कसको हो ? हामी चढ्ने बस कसको हो ? हामी चढ्ने साइकल, मोटरसाइकल र स्कुटी कसको हो ? हामी चढ्ने पानी जहाज कसको हो ? हामी चढ्ने रेल कसको हो ? हामी चढ्ने हवाईजहाज र हेलिकप्टर कसको ?
यतिमात्र होइन, हाम्रो भान्सादेखि खेतीबारीसम्म प्रयाग हुने र हाम्रो शिरदेखि पाऊसम्म प्रयोग हुने सारा यन्त्र, तन्त्र, जन्त्र, संयन्त्र, द्रव्य, औजार, बिउबिजन, मल, गहना, आभूषण यावत कुराहरू हाम्रा होइनन् र छैनन ।
अहिले हामीलाई हाम्रो राष्ट्रिय चरो डाँफे हो कि होइन, त्यो पनि थाहा छैन ? अहिले हामीलाई हाम्रो राष्ट्रिय रङ सिम्रिक हो कि होइन त्यो पनि थाहा छैन ? अहिले हामीलाई हाम्रो राष्ट्रिय जनावर गाई हो कि होइन त्यो पनि थाहा छैन ? अहिले हामीलाई हाम्रो राष्ट्रिय पोशाक दौरा–सुरूवाल, ढाकाटोपी र कोट हो कि होइन त्यो पनि थाहा छैन ? अहिले हामीलाई महिलाका लागि चौबन्दी,
चोली, पेटीकोट, धोती, पटुकीजस्ता सुन्दर पोशाक हो कि होइन त्यो पनि थाहा छैन ? अहिले हामीलाई हाम्रो राष्ट्रिय धर्म हिन्दूधर्म हो कि होइन त्यो पनि थाहा छैन ? जब हामीलाई यति धेरै कुरै थाहा छैन भने कसरी हाम्रो छिमेकीले हामीलाई सम्मान गर्छ ।
हामीले छिमेकीको कुरा गर्दा र छिमेकीको विरोध गर्दा भोकै र नाङ्गै बसेर मात्र विरोध गर्ने अवस्था आउँछ भने छिमेकीले हेप्दैन ? हामीले आफ्नो कुरा चिन्न, जान्न, थाहा पाउन र प्रयोग गर्न सकेको खै ? आज हामी आफैमा कमजोर हुँदा हामी सबै कुरा सहनु परेका अवस्था हो ।
कुनै समयमा हाम्रा वीर पूर्खाहरू पानीको घुट्को समेत नपिएर छिमेकीसँग लडेका थिए, जुधेका थिए । युद्धका होमिएका थिए र सफलता पाएका पनि थिए । तर आज त्यो एउटा कथामा परिणत भइसकेको छ । त्यो अवस्थामा पुग्न सक्ने हिम्मत, तागत, क्षमता, दक्षता र योग्यता भएका वीर सपूत नेपालमा जन्मेकै छैनन् ।
जन्मेपनि हाम्रो देशमा भएका साधन, स्रोत र सामग्रीको मात्र प्रयोग गर्छु भन्ने अठोट र दृढ विश्वासका छैनन् । हामीले कमसेकम आफ्नो देशको साधन, स्रोत, र सामग्रीको देशव्यापी पहुँच र प्रयोग बढाउनु पथ्र्यो । त्यो पनि गर्न सकेनौं ।
हामी आफ्नोमा खेल्न, डुल्न, भुल्न र रमाउन सकेनौं । हरेक कुरा हामीले हाम्रो छिमेकीको नक्कल र देखासिकी ग¥यौं । जसको नियती आज हामी तीतो रूपमा भोग्दै छौँ । हामी हाम्रो राष्ट्र अति सम्पन्न र समृद्ध हुँदाहुँदै पनि हामीले हाम्रो राष्ट्रलाई दरिद्र राष्ट्रबाट माथि उठाउन सकेनौं ।

\हाम्रो देशको नक्सा पनि हाम्रो छिमेकीले कोरिदिने । हाम्रा भान्साका लागि चाहिने भाँडाकुडा, अन्नपात र फलफूल, तरकारी पनि छिमेकीले उत्पादन गरिदिने । हाम्रो खेतबारीमा प्रयोग हुने बीउ मल र औषधि पनि छिमेकीले पठाइदिने ।

हामी बिरामी पर्दा चेकजाँच गर्ने डाक्टर पनि छिमेकीले पढाएर पठाइदिने । हामी बिरामी पर्द सेवन गर्ने औषधि तथा सम्पूर्ण रोग निको पार्ने औषधि पनि हाम्रै छिमेकीले पठाइदिने । यति सबथोक गर्ने छिमेकीको विरूद्ध जाने हामीमा नैकि बल, तागत, खुबी, जोश, जाँगर, हिम्मत, साहस र उर्जा कहाँबाट कसरी आउला ?


हाम्रो राष्ट्र विश्वसामू स्वर्गको एक ुटुक्रा हुँदाहुँदै पनि हामील्े हाम्रो राष्ट्रलाई सिंगार्न र सजाउन सकेनौं ? हातमा बत्ती लिएर आगो खोज्दै हिड्ने हाम्रो मूर्खतालाई जब हाम्रो छिमेकील्े हामीलाई चिन्यो तब उसले हामीलाई आफ्नो हित र स्वार्थमा प्रयोग गर्ने प्रयोगशाला बनायो ।
अहिले हामी छिमेकीका लागि बुद्धिहिन मात्र होइनौं हामी हाम्रा छिमेकीका लागि परिक्षणको केन्द्र बन्दै छौँ । हामीलाई हरेक क्षेत्र, तह तप्काबाट परिक्षण गरिदैछ । सर्वप्रथम त हामीलाई परनिर्भर बनाइयो । हामी कुनै कुरा आफै बनाएर होइन कसैले तयार पारी दिएको बनीबनाऊ लगाउन अति आतुर र हतार छौँ । किनभने छिमेकीले हाम्रो सारा कुरा बुझेर हामीलाई अल्छी बनाइसकेका छ ।
हामीलाई जे चाहिने हो त्यो कुरा हाम्रो ढोकासम्म पनि हाम्रा छिमेकीले ल्याइ पु¥याई दिन्छन् । यति भए हामी नेपालीलाई पुगेन ? खाली राष्ट्रियता र स्वाभिमानका कुरा मात्र गरे हुन्छ ? त्यसअनुरूपका व्यवहार र आचारण प्रयोग गर्न पर्दैन ? छिमेकीलाई सबथोक पुगेको छ र सबथोक अन्यत्र पुगाको छ, उसलाई के को धन्दा ? जसलाई दुःख छ त्यसले यो पहल गर्ने हो ?
हाम्रो धर्तीको रक्षा पनि छिमेकीले गरिदिने ? हामीले पूजा गर्ने भगवान पनि छिमेकीले तयार पारिदिने । हामीले भगवानलाई पूजा गर्ने र चढाउने सरसामान पनि छिमेकीले तयार पारिदिने ।
हाम्रो देशको नक्सा पनि हाम्रो छिमेकीले कोरिदिने । हाम्रा भान्साका लागि चाहिने भाँडाकुडा, अन्नपात र फलफूल, तरकारी पनि छिमेकीले उत्पादन गरिदिने । हाम्रो खेतबारीमा प्रयोग हुने बीउ मल र औषधि पनि छिमेकीले पठाइदिने । हामी बिरामी पर्दा चेकजाँच गर्ने डाक्टर पनि छिमेकीले पढाएर पठाइदिने ।
हामी बिरामी पर्द सेवन गर्ने औषधि तथा सम्पूर्ण रोग निको पार्ने औषधि पनि हाम्रै छिमेकीले पठाइदिने । यति सबथोक गर्ने छिमेकीको विरूद्ध जाने हामीमा नैकि बल, तागत, खुबी, जोश, जाँगर, हिम्मत, साहस र उर्जा कहाँबाट कसरी आउला ? सत्य तथ्य, नढाँटी आफ्नो छातीमा हात राखेर भन्ने हो भने हामी छिमेकीका विरोधी होइनौं उल्टै समर्थक हौं ? किनभने हाम्रा नसा–नसा र रगत–रगतमा छिमेकीपन झल्कीरहन्छ ।
त्यसैले त छिमेकीको हामीप्रतिको सोंच, विचार र भावना नै फरक छ । यदि हामीले छिमेकीलाई दुष्ट मान्यौँ भने ऊसँग इष्ट सावित गर्ने थुप्रै प्रमाण र आधारहरू छन् । यदि हामीले हाम्रो छिमेकीलाई इष्ट मान्यौं भने उसले हामीलाई एन मौंकामा प्रयोगशाला बनाउने ठूलो डर पनि छ । तसर्थ हामीले सिक्ने भनेको नै नेपालीपनको आधार र पहिचान हो । हामीले हाम्रो आधार र पहिचान खोज्ने बेला हो यो ।
छिमेकीलाई सत्तो सराप गर्नुभन्दा पनि हामीसँग भएका ुकरा हाम्रा हुन कि हैनन् ? एक–एक नियालौं । हामी आजैदेखि असल नेपाली कसरी बन्न सकिन्छ ? त्यसको आधार खोजौं । हामी हिजोदेखि आजसम्म कहाँ–कहाँ चुक्यौँ ? त्यसको सत्यतथ्य खोजी नीति गरौं । हामी देशभक्त, राष्ट्रभक्त, कर्मठ, वीर, स्वाभिमानी सपूत नबन्दासम्म हामीले हाम्रो छिमेकीबाट प्राप्त गर्न नतिजा नै यस्तै प्रकारका हुन् ।
हामी निषेधका कुरामा उत्रनु हुन्न । किनभने हामीसँग आजै नै पर्याप्त आधारहरू छैनन् । जुनबेला चलाखी अपनाउनु पथ्र्यौ त्यो बेला चुकी सक्यो र गुमी सक्यो । अबको बेला हामीले हाम्रो धर्म, नीति, संस्कार, पद्धति र पहिचानका आधारमा हाम्रो देशको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पारस्परिक विकासमा जोड दिनु अपरिहार्य छ ।
देशको भौगोलिक अखण्डताको रक्षा गदै छिमेकीसँगको सदियौँदेखिको सम्बन्धलाई यथास्थानमा राखेर हामीले हाम्रा सारा कुरा परिवर्तन गर्न सक्नुपर्दछ ।
हामीले हाम्रा कुरा खोज्न सक्नुपर्दछ । यतिबेला हामीसँग देशमात्र नेपालको हो । यतिबेला हामीसँग धर्तीमात्र नेपालको हो । यतिबेला हामीसँग माटो मात्र नेपालको हो । यतिबेला हामीसँग हावापानी मात्र नेपालको हो । बाँकी सबै कुरा हाम्रा छिमेकीका हुन् । त्यसैले यस्तो अवस्था र व्यवस्थामा धेरै उच्चस्तरबाट विरोधी बन्न र बनाउन जरूरी छैन ।
दुर्बलता र असक्षमताका आधारमा कुनै पनि एक छिमेकीले अर्को छिमेकीलाई मनपरी गर्ने र गराउने नीति तथा सिद्धान्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा नभएता पनि ठूलाले सानालाई हेप्नु नानीदेखिको बानी भएकाले यसलाई अन्यथा नमानेर आफ्नो यावत कमजोरीलाई हटाउनु अहिलेको टड्कारो आवश्यकता हो । हामीले यतिबेला आफ्नो पक्षबाट गुमाएको भनेको तीन कुरा हुन् ।
ती के–के हुन् भने (१) शक्ति, (२) सामथ्र्य र (३) पहिचान । शक्तिभनेको हिजो हाम्रा पूर्खाले आर्जेको वीरताको गाथा र देशभक्तको पाठ हो । सामथ्र्य भनेको यो देशको प्राकृतिक स्रोत, साधनको उत्पादन र प्रयोग हो । पहिचान भनेको सक्कली नेपाली भेषभूषा, संस्कृति, धर्म र परम्परा हुन् । यी तीन कुरालाई अक्षरशः पालना गर्न सकियो भने कसैले कसैलाई दोषी देख्नै पर्दैन । त्यसैले बलियो हुने आफैमा हो ।
ञ कसैले कसैलाई बलियो बनाएर हुने कुरा होइन । हामी नेपाली हामी आफैमा वीर, स्वाभिमान र साहसी हौं र छौं । यो कसैले उपहार र उपमा दिने शब्द र विषय होइन । तर हामीले अत्यन्त गम्भीर भएर सोच्ने विषय के हो ?
भने आज हाम्रो नसा–नसामा कस्तो रगत बग्दैछ ? दूषित, प्रदूषित वा शुद्ध । यो कुरा जान्न नितान्त जरूरी छ । हामीले हामीसँग आफ्नो भन्ने के छ ? देखाउन सक्नुपर्छ र पुष्टि गर्न सक्नुपर्छ ।
इतिहासदेखि आजसम्म हाम्रो आफ्नोपन के हो ? त्यसलाई जोगाउन सक्नुपर्छ । गाईलाई देखाएर ‘यो गाई हो’ भनेमा सबैले पत्याउन सक्छन तर त्यही गाईलर्र्या देखाएर ‘यो भैसी हो’ भन्यौँ भने सबैले पागल भन्न सक्छन् । तसर्थ गाईलाई गाईको रूपमा नै चिनाउने प्रयास गरौँ, प्रयत्न गरौं, कोसिस गरौं, अभ्यास गरौं, चिन्तन गरौं, मनन गरौं, विचार गरौं र विमर्श गरौं ।
तर भैंसी बनाउने दुस्प्रयास र दुस्साहस कदापि नगरौं । यसले हामी कसैको हित र भलो गर्दैन । हाम्रो देश सगरमाथाको देश, बुद्धको देश, सीताको देश, भृकुटीको देश र वीर पूर्खाले आर्जेको देश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *