हापुरे शान्तिको आधार

फिचर मुख्य खबर राजनीति

हापुरे, १९ भदौ ।
दाङको हापुरेमा शान्ति सम्मेलन गरिएका छ । हापुरे वार्ताका सरोकारवाला पक्षलाई सहभागी गराईएर वार्ता भएको १६ वर्ष पनि शान्ति सम्मेलन गरिएको हो । रिपोर्टर्स क्लवको आयोजना तथा बबई गाउँपालिकाको सहयोगमा सम्मेलन गरिएको हो । सम्मेलनमा वार्ताका सहजकर्तादेखि सरोकारवालाको सहभागिता रहेको छ ।
तत्कालिन अवस्थामा दुबै पक्षलाई एकै स्थानमा ल्याएर वार्ता र संवाद गराउन सहजकर्ताको भूमिकाका दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधर थिए । भने सरकार पक्षबाट कमल थापा र प्रकाशचन्द्र लोहनी, माओवादीको तर्फबाट डा बाबुराम भट्टराई र कृष्णबहादुर महराको सहभागिता थियो । त्यहि शान्ति वार्ता भएको १६ वर्ष पुग्दै गर्दा शान्तिको स्मरण गर्दै शान्ति सम्मेलन गरिएको छ ।
शान्ति सममेलनमा सहजकर्ता दमननाथ ढुङ्गाना, नेकपाका नेता जनार्दन शर्मा, विश्लेषक श्याम श्रेष्ठ, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलसहितको सहभागितामा बिहीबार शान्ति सम्मेलन गरिएको छ । कार्यक्रममा सहजकर्ता दमननाथ ढुङ्गानाले संवादले देश परिर्वतन गराएको र देशमा शान्ति कायम गरेको बताए ।
हापुरे विशेष र उपलब्धिमूलक स्थान भएको भन्दै, हापुरेलाई शान्तिको प्रतिक मान्न सकिने बताए । सबैको सम्मान र जीत हुनु नै संवाद प्रक्रियाको उपलब्धि रहेको र त्यो हापुरेबाट प्राप्त भएको बताए । पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले दाङको हापुरे मुलुकमा नयाँ व्यवस्था तथा शान्ति स्थापना गर्न पहल र भूमिका खेल्ने स्थान रहेको बताए ।
तत्कालिन अवस्थामा माओवादी र राज्यले बीचको वार्ता भएको स्थान हापुरे देशमा शान्ति कायम गर्ने थलोसमेत भएको उनको भनाई छ । उनले शान्ति सम्मेलनले शान्ति प्रक्रियालाई बलियो बनाउने बताए । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्याक्ष विपुल पोख्रेलले जनताले चाहेको समृद्धि अझै नआएको बताए । उनले शान्तिका लागि जनतानै अग्रसर भएको अवस्था रहे पनि जनताले शान्तिको महसुस गर्न नपाएको तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *