हरियो चुरा र पोतेको कुरा

विचार

समाजमा संस्कृतिको पनि परिवर्तन हुँदै गएको छ । मौलिक संस्कृतिहरु हराउँदै गएका छन् । देखासिकी र आयातित संस्कृतिले समाजलाई डो¥याएको छ ।
छिमेकी मुलुक भारतको प्रभावमा परेर केही बर्षयता आएर महिलाहरुले साउन महिनामा हरियो चुरा र हरियो कपडाको पहिरन गर्ने प्रचलन आएको छ ।
विशेषगरी शहरी क्षेत्रमा यसको प्रभाव बढी भए पनि यसले ग्रामीण क्षेत्रमा समेत सालिन्दा यसको प्रभाव बढ्न थालेको छ । मानव समाज जंगली युगबाट अहिलेको आधुनिक सभ्यतामा आएको करिव ३५ हजार बर्ष भएको छ ।
धर्म, संस्कृति, रहनसहन, साजसज्जा, पहिरन आदिको विकास हुन थालेको पनि ७ हजार वर्ष पुगेको अनुमान छ । धातुहरु सुन, चाँदीका गरगहनाको सुरुवात पनि प्राचिन कालदेखि नै भएको मानिन्छ । तर त्यो समयमा हरियो चुरा, पोते र हरियो कपडाको चर्चा कतै पनि गरेको पाइन्न ।
नेपालमा चुराको प्रचलनको इतिहास राजा पृथ्वीनारायण शाहसँग जोडिएको देखिन्छ । त्यसको प्रसंग यस्तो छ– राजा पृथ्वीनारायण शाह गोरखकालीका भक्त थिए । उनलाई एकदिन गोरखकालीले सपना दिइन् ।
सपनामा पृथ्वीनारायणलाई गोरखकालीले भनिन् ‘तिम्रो पूजाआजाबाट म प्रशन्न छु । तर तिम्रो पूजाआजा पूर्ण छैन । किन भने मलाई पूजा गर्दा चुरा र धागो चढाउनु पर्दछ । भनेपछि पृथ्वीनारायण शाहले आफ्नो ससुराली भारतको बनारस गएको बेला चार घर चुरा र धागोको ब्यापार गर्ने मुस्लिम समुदायका मानिसहरु ल्याएर गोरखा बजार नजिक ताप्ले भन्ने गाउँमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराएको इतिहास छ ।
यसबाट के बुझिन्छ भने नेपालमा त्यतिबेलासम्म चुरा र धागोको प्रचलनमा नआएको देखिन्छ । यसरी इतिहास पढ्दा त्यतिबेला नेपालमा चुराको प्रचलन रहेनछ भन्ने कुरा बुझिन्छ । हरियो चुरा र पोते लगाउने धार्मिक तथा साँस्कृतिक महत्व छैन । तर सुन्दरता र फेसनको रुपमा यसको प्रयोग भएको छ ।
चुराको इतिहास इजिप्टबाट सुरु भएको मानिन्छ । नेपालमा भने भारतीय संस्कृति र बजारबाट यसको प्रचलन भएको मान्न सकिन्छ । आधुनिक युगमा चुरा श्रृङ्गारको रुपमा नारीहरुले लगाउने प्रचलन भएपनि हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरुमा हरियो चुरा श्रावण महिनामा
लगाउनु पर्ने देखिदैन । हिन्दू धर्म अनुसार श्रावण महिनामा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, शान्ति, समृद्धि, विद्या धनलगायतका विषयमा सफलता प्राप्त हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको संस्कृतीविद्हरुको भनाइ छ ।
विशेषगरी शिवजीको आराधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेको छ । तर आजभोलि हाम्रो संस्कृतिलाई थप ब्याख्या गरेर हरियो चुरा र हरियो बस्त्र लगाएर शिवजीको आराधना गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिलाले आफूले खोजेजस्तो पति पाईने विश्वासका साथ ब्रत लिने चलन बढेको छ ।
संस्कृत, आध्यात्मिक शास्त्रका विद्वान्हरु भन्दछन् ‘श्रावण भगवान शिवजीको अवतार भएको महिना हो । धार्मिक हिसावले लिदा पूजाआजामा पहेलो र रातो रंग शुभ मानिन्छ । तर हरियो रंग किन प्रचलनमा आयो ?’ संस्कृतिविद्हरु भन्दछन् ‘धार्मिक रुपमा हरियो चुराको वर्णन कही कतै भेटिएको छैन ।’
हरियो चुराको यर्थात् महत्व नबुझी टोल, छिमेकको वातावरणको प्रभावले गर्दा देखासिकी गरेर साना उमेरदेखि वयस्कहरुले समेत श्रावण महिनामा हरियो चुरा लगाई आफूलाई सौन्दर्यता देखाएका हुन्छन् । सौभाग्य सूचक मानिने भएकोले चुरा नारीहरुले लगाउने चलन छ । नारीहरुले आफ्नो संस्कृति अनुसार चाडपर्व, विवाहजस्ता समारोहमा अनेकौं डिजाइन र विभिन्न रंगका चुरा लगाउँदछन् ।
सौभाग्य सूचकमा रातो चुराले प्राथमिकता पाए पनि आजभोलि नारीहरुले साउन महिनामा हरियो चुरा लगाउने प्रचलन बढ्दो छ । अहिले आधुनिक युवायुवतीहरुले हरियो रंगलाई प्रेम र वातावरणको प्रतिक मानेका छन् ।
हरियो लुगाले प्रकृतिको सम्मान गरेको भन्ने युवतीहरु प्नि भेटिन्छन् । त्यसैले साउन महिनामा महिलाहरुले हरियो चुरा, हरियो पोते र हरियो कपडा लगाएर प्रकृतिको सम्मान गरेको भन्नेहरु पनि छन् ।
तर साउन महिनामा मात्र किन भनि प्रश्न ग¥यो भने त्यसको उत्तर भने आउदैन् । साउन महिनाको हरियो चुरा, हरियो कपडा र हरियो पोते मात्र होइन सुनका गर गहनाले पनि उत्तिकै स्थान लिने गरेको छ । कतिपय घर परिवारमा यो फेसनले द्वन्द्व सिर्जना गरेको छ ।
सम्पन्न परिवारको लागि भने यो प्रचलनले केही नहोला । तर मध्यम र विपन्न वर्गमा यो पहिरनले मानसिक रुपले द्वन्द्व र झैझगडासमेत हुने गरेको छ । यसतर्फ भने कसैले ख्याल नगरेको महसुस हुन्छ । सार्वजनिक स्थलमा देखाइने यस किसिमको फेसनले समाजमा फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ ।
साउन महिनाको सोमबार शिव मन्दिरहरुमा हिन्दू नारीहरुले आफ्नो सौभाग्य र असल पतिको कामना गर्दै दर्शन तथा जल चढाउने गर्दछन् । धार्मिक मान्यता अनुसार साउन महिना भगवान् शिवलाई मनपर्ने महिना र सोमबार मनपर्ने दिन भएको मानिन्छ ।
साउनका सोमबारभरि चोखो बसी व्रत बस्ने तथा चोखो खाने चलन छ । साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोह्र श्रृङ्गारमा सजिएर उपासना गर्ने चलन छ । हिन्दू धर्ममान्ने धेरै महिला साउनका सोमबारभरि व्रत बस्छन् ।
साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । कतिपयले सतीलाई प्रकृतिका रुपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व छ । साउन महिनामा बढी वर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ ।
विशेषगरी साउनमा रातो, हरियो र पहेलो रंगको बढी प्रयोग भएको देखिन्छ । यी सबै रंग मिसिएको झिलिमिली पहिरन, हातभरी हरिया, राता र पहेंला चुराहरु, हत्केलामा रातो मेहन्दी, गलामा हरियो, रातो, पहेंलो पोतेहरु अनि सिउँदोमा रातो सिन्दुरमा सजिएका महिलाहरुले आफ्नो सौभाग्यको रुपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ ।

आधुनिक युगमा चुरा श्रृङ्गारको रुपमा नारीहरुले लगाउने प्रचलन भएपनि हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरुमा हरियो चुरा श्रावण महिनामा लगाउनु पर्ने देखिदैन ।

हिन्दू धर्म अनुसार श्रावण महिनामा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, शान्ति, समृद्धि, विद्या धनलगायतका विषयमा सफलता प्राप्त हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको संस्कृतीविद्हरुको भनाइ छ ।

विशेषगरी शिवजीको आराधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेको छ ।

विहे गरेका महिलाहरुले शिवजीको आराधनामार्फत आफ्ना श्रीमान्हरुको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरु सज्जन, सुसंस्कृत श्रीमान् पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलन रहेको छ ।
अर्कोतर्फ रंग हाम्रो शरीरमा तरंग र संवेदना उत्पन्न गर्ने महत्वपूर्ण पक्ष हो । हाम्रो शरीरमा जसरी सातचक्र छन् र ति चक्रहरुको प्रभाव सात रंगसँग छ । त्यसरी नै महिलाहरुले प्रयोग गर्ने पहिरन र गहनाहरुका रंगले वैज्ञानिक र आध्यात्मिक महत्व राख्दछन् । त्यसैले जीवन जगत र पदार्थसँग रंगहरुको प्रभाव सँगसँगै रहन्छ । शिवलाई कल्याणकारी, अरुको रक्षा गर्ने र शक्तिका प्रतिकको रुपमा मानिन्छ ।
इजिप्टबाट सुरु भएको चुराको प्रचलन कसरी संसार भर प्रचलनमा आयो ? यो अध्ययनको विषय बन्ला । तर मध्यकालमा हिन्दू संस्कृतिको विकाससँगै चुराको प्रयोग र महत्व संस्कृतिको रुपमा प्रचलनमा आएको पाइन्छ । चुरा लगाउने प्रचलन दक्षिण एशियाली मुलुक मात्र नभएर संसारका अन्य मुलुकमा पनि नारीहरुले आफ्नो श्रृङ्गारका रुपमा चुरा लगाउने प्रचलन छ ।
चुराले श्रृङ्गार मात्र होइन बंगलादेशमा प्रचलनमा आएको शंङखजस्तो सेतो चुराले शरीरमा क्याल्सियम उत्पादन गर्नुका साथै कफ र बाथको रोग निको पार्दछ भन्ने विश्वाससमेत गर्दछन् । त्यसैगरी चुराको प्रयोगमा भारतको पञ्जाव, गुजरात, राजस्थान आदि प्रान्तमा मामाले भाञ्जीलाई चुरा उपहार दिने प्रचलन छ । श्रृङ्गारको लागि मात्र नभएर भारत कै महाराष्ट्र प्रान्तमा गर्भवती स्त्रीलाई हरियो रङको चुरा लगाई दिने प्रचलन पनि छ ।
हिजोआज सौभाग्य एवं संस्कृतिको लागि मात्र होइन, फेसनको निम्ति पनि हरियो चुरा लगाउन थालिएको छ । आजभोलि बजारमा काँचको चुरा मात्र होइन लाख, मेटल, मोती, पत्थर रबर, सिप, प्लाष्टिक, टेराकोटा, माटो आदि वस्तुबाट बनाइएको विभिन्न रंगका चुरा पाइन्छ ।
बजारमा पाइने चुराहरुमा महिलाहरुको रोजाइँ बर्क गरिएका चूरा पर्दछन् । प्लेन भन्दा पनि करिङ प्लेन जरिदार मोति, स्टोन्स, कुन्दन, जडिएका चुराहरुको बढी माग छ । काँचको चुरामा विभिन्न नाम राखी फाइभ स्टार, युवराज, चाँदराज, नेनो, सातफेरे आदि बजारमा चल्तीमा आएका चुराहरु हुन् । नेपालमा भारतीय बजारबाट चुरा आयात हुने हुँदा चुराका नाम पनि भारतीय नामबाट राखिएको छ ।
त्यसमा पनि चुरा उद्योग र ब्यवसाय हिन्दूभन्दा पनि मुस्लिम समुदायले बढी गर्ने हुँदा पनि चुराको धेरै नाम उर्दू भाषाबाट रहन गएको छ । यसरी सीमा पारीबाट आउने चुराहरुको ब्राण्ड र चुरा बनाउँदा प्रयोग गरिएको कच्चापदार्थले मानव शरीरलाई कति फाइदा वा नोक्सानी दिन्छ भन्ने कुरामा भने चुरा प्रयोग गर्ने अधिकांश महिलाहरुलाई थाहा छैन ।
साउनमा हरियो चुरा तथा पहेंलो बस्त्र लगाउने प्रचलन नेपालको संस्कृति होइन । यो विदेशी संस्कृतिबाट ब्यापारिक रुपमा नेपाल भित्रिएको हो । नेपालका आधा प्रतिशत महिलाहरुले मात्र हरियो चुरा साउन महिनामा लगाउँदा बर्षेनी अरबौ रकम खर्च हुने गरेको छ । यस्तो प्रचलनले नेपाली अर्थतन्त्रमा समेत असर पु¥याउने गरेको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो ।
वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफा बन्ने महिनाको रुपमा लिइन्छ । हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ ।
त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहेन्दी र हरिया लुगाको व्यापार पनि प्रत्येक वर्ष बढ्दै गएको छ । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाकप्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरु हुनु पहिलेदेखि नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाईन्छ ।
पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरियो पहिरन लगाएर साउनलाई हरियो फेसन बनाएका छन् ।
जुनसुकै तरिकाले अथवा संस्कृतिले साउन महिनामा महिलाहरु हरियो रंगले सजिएर आफ्नो श्रृङ्गारको पहिरन गरेपनि हरियो रंगलाई रंग विशेषज्ञहरुले हरियो रंगलाई शीतलता एवं स्फूर्ति प्रदान गर्दछ भन्ने गरेका छन् ।
हरियो रंग उज्ज्वल हुन्छ । नयाँ जोस जागर उत्पन्न गर्ने यो रंग सकारात्मक उर्जा सञ्चार गर्न सहायक मानिन्छ । हरियो रंगमा निलो र पहेंलो रंगको समिश्रण हुन्छ । हरियो रंगले आँखालाई फाइदा पु¥याउँछ । हरियो रंगले विश्वासको भावना जागृत गर्न सहयोग पु¥याउँछ ।
हरियो रंगमा वैज्ञानिक आधारका धेरै कुराहरु भेटिन्छन् । तर साउन महिनामा नै हरियो चुरा, हरियो पोते र हरियो कपडाले महिलाहरु श्रृङ्गारमा सजिएर शिवजीको आराधनाको लागि शिवालय जाने अविवाहितले श्रीमानको बर माग्ने र विवाहित महिलाहरुले पुत्र, पुत्रीको वरदान माग्ने नयाँ संस्कृतिको भने तथ्यगत आधार केहि भेटिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *