हरित नगर तुलसीपुरको पहिचान

मुख्य खबर समाज

तुलसीपुर, ८ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्ने बताएका छन् । तुलसीपुरका हरेक खाली ठाउँ र सडक किनारमा वृक्षारोपण गरेर हरियो तुलसीपुर अभियानलाई सार्थकता दिइने पनि उनले बताए । ‘हामीले हरित अभियानमार्फत तुलसीपुरलाई सुन्दर बनाउने प्रयास गरिरहेका छौँै नगरप्रमुख पाण्डेले बताए ।
‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर’ अन्तर्गत तुलसीपुर हरित अभियानको १०१औँ श्रृंखलालाई सम्बोधन गर्दै पाण्डेले उपमहानगरपालिकाले वृक्षारोपण गर्नेहरुलाई प्रोत्साहन रकमसमेत दिइने बताए । राप्ती बबई क्याम्पसको प्राङ्गण आयोजना गरिएको कार्यक्रममा क्याम्पसका अध्यक्ष मिनराज वली, मुक्तिनाथ विकास बैंकका म्यानेजर सरोज लामिछानेलगायतले हरित अभियानका बारेमा मन्तव्य ब्यक्त गरेका थिए ।
वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए । हरित अभियानअन्तर्गत दुई सय बढी कल्की, अशोक र कपुरका विरुवाहरु रोपिएको थियो । उक्त अभियानमा विभिन्न संघसंस्थाका व्यक्तिहरुले प्रतिनिधित्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *