- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयहराउँदो मानवता

हराउँदो मानवता

- Advertisement -spot_img

कानुनी रुपमा सम्पन्न भएको नेपालमा बर्षेनी मानवअधिकारको हनन् बढ्दै जानु र मावता हराउँदै जाने अवस्था देखिरहेको छ । कहि कतै पनि मानवीयतालाई प्रश्रय गर्ने अवस्था देशमा देखिएको छैन । सबै क्षेत्रमा मानवताकै ह्रासका कारण ठूला– ठूला जगन्य अपराधहरु मौलाउँदै गएका छन् । विभिन्न तथ्यांकले पनि पछिल्लो समयको मावता हराउँदै जाँदा अपराधहरु पनि बढिरहेको देखाएको छ । दाङमा पछिल्लो समयमा मानवअधिकार उल्लंघनको घटना बढ्दै गएको सार्वजनिक भएको छ ।
मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भर्खरै सार्वजनिक गरेको तथ्यांकले पनि मानवअधिकार उल्लंघनका घटनाहरु जिल्लामा बढ्दै गएको पुष्टि गराइदिएको छ । दाङमा बितेको दश महिनाको अवधिमा एक सय ५१ वटा मानवअधिकार हनन् तथा उल्लघंन सम्बन्धीका घटनाहरु हुनुले बर्षेनी मानवीयता हराउँदै गएको प्रस्ट पारेको छ । यो अवधिमा ५१ वटा बलात्कारका, ७ जनाको हत्या, ३ जनालाई कथित बोक्सीको आरोप दुव्र्यवहार तथा कुटपिट भएको घटना भएका छन् । ५१ वटा कुटपिटको घटना भएको छ । यसमा पनि सबैभन्दा बढी पीडित बालबालिका र वृद्धाहरु देखिनुले मावनअधिकार मात्रै हैन मानवीयता पनि प्रदर्शन हुन नसकेको देखिन्छ । प्रहरीकै तथ्यांकमा प्रदेश नम्बर ५ मा एक महिनाको अवधिमा ४४ वटा बलात्कारका घटना भएका छन् । अन्य सामान्य अवस्थामा मानवअधिकार हननका घटनाहरु दैनिक बढिरहेका छन् । यसतर्फ राज्य गम्भीर हुनुपर्छ । कतिपय त राज्यकै कारणले समेत अधिकार हनन् भइरहेका छन् ।
दोषीलाई राजनीतिक संरक्षण गरिनु, प्रहरी प्रशासन चुस्तदुरुस्त नदेखिनु दोषीभन्दा पीडितलाई बढी निगरानीमा राख्नु र कानुनी कारवाहीमा तदारुकता नदेखाउनुले मानवअधिकार हननका घटना बढ्दै गएको अधिकारकर्मीको आरोप स्वभाविक देखिन्छ । मानवअधिकार उल्लंघन गर्ने व्यक्तिलाई कानूनको कठघरामा ल्याउनको लागि राजनीतिक दलले नै प्रयास गर्न सकेमा अझ सहज हुनेछ । अधिकांश घटनामा राजनीति जोडिनुले पनि मानवअधिकारलाई संरक्षण गर्न राजनीतिक नेतृत्व क्रियाशील हुनसके कम हुने पक्का छ । अधिकार हनन् गर्ने र मानवीयतामा धावा बोल्ने जो कोहिलाई पनि कानुनको दायरामा ल्याएर कानुनी उपचार गर्नुपर्छ । मानवअधिकारको पालना गरी कानुनी राज्यको अनुभूति गराइनु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here