- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरहत्या भएको सात वर्षपछि अभियुक्त पक्राउ

हत्या भएको सात वर्षपछि अभियुक्त पक्राउ

- Advertisement -spot_img

घोराही, २० भदौ । हत्याको अभियोगमा फरार दाङमा एक व्यक्तिलाई प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० दक्षिण अमराईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ बर्षिय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका– १ भालुवाङ घरभएका ३७ बर्षिय किरण भनिने कुमबीर बुढालाई प्रहरीले पक्राउ गरेको हो । हत्या गरिएका घर्ती रुकुम सिस्ने गाउँपालिका चार घर भई तत्कालिन अवस्थामा दक्षिण अमराईमा माछा, अल्लो धागोको व्यवसाय गर्दै आएका थिए । त्यसैगरी हत्याको अभियोग लागेका बुढा तत्कालिन अवस्थामा घोराही–१० दक्षिण अमराईमा बसोबास रहेपनि हाल भालुबाङमा बस्दै आएको प्रहरीले जनाएको छ । घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण अमराईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकोमा तीन लाख रुपैयाँको हिसाब नमिलेपछि घर्तीलाई बुढाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए । प्रहरीमा गोकर्ण गुरुङको नाममा किटानी जाहेरी परेपनि उनी दोषी नभएको भन्दै प्रहरीले थप अनुसन्धान गर्दै गर्दा प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको टोलीले बुढालाई बाग्लुङको ढोरपाटन नगरपालिका–९ बाट नियन्त्रणमा लिएर मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बुढाले घटनापश्चात् फरार रही ढोरपाटनमा आलु खेती गर्दै आएका थिए । अभियुक्त बुढालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here