Sunday, March 24, 2024
Homeमुख्य खबरस्वास्थ्य सेवा प्रभावकारी बनाउन माग

स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग

- Advertisement -spot_img

दंगीशरण, २८ चैत । गर्भजाँच, सुत्केरी सेवा, गर्भपतनलगायतका स्वास्थ्य सेवा स्थानीयस्तरमै हुनुपर्ने एक कार्यक्रमका सहभागी महिलाले बताएका छन् । महिला पुनस्र्थापना केन्द्र ओरेकले महिला स्वास्थ्य नीति तथा प्रावधानहरुका बारेमा दंगीशरणमा आयोजना गरेको कार्यक्रमका सहभागी महिलाले यस्तो बताएका हुन् ।
सहभागी महिलाले स्थानीयस्तरमै गर्भ जाँच नहुँदा समस्या हुने गरको बताए । यस्तै उनीहरुले गर्भपतन गराउने कानुनमा उल्लेख भए पनि स्थानीय तहमा लागू नभएको गुनासो गरेका छन् ।
महिलाका स्वास्थ्यलाई मध्यनजर गर्दै जनप्रतिनिधिहरु यसका बारेमा अभिमुखीकरण र छलफल गर्नुपर्ने उनीहरुले माग गरेका छन् । महिलाको स्वास्थ्य स्थितिमा सुधार ल्याउन बालविवाहलाई रोक्नुपर्ने भन्दै उनीहरुले सुरक्षित सुत्केरी सेवाका लागि गाउँमा वर्थिङ सेन्टर हुनुपर्ने बताएका छन् । कार्यक्रममा ओरेककी कार्यक्रम अधिकृत दीपा अधिकारीले महिला स्वास्थ्य नीतिगत ब्यवस्था, स्वास्थ्य बिमा, नेपालमा महिलाको स्वास्थ्य अवस्था, दिगो विकास लक्ष्यलगायतका बारेमा जानकारी दिइन् ।
त्यस अवसरमा उनले नेपालमा १६ प्रतिशत महिला गर्भवती सेवा प्राप्त गर्ने गरेको, ५१ प्रतिशत महिला गर्भवती परामर्श लिएको, घरमै बच्चा जन्माउने ४१ प्रतिशत रहेको, दक्ष प्रसूतिबाट ५८ प्रतिशतले बच्चा जन्माएको, चार पटक गर्भ जचाउने महिला ४५ प्रतिशत मात्र रहेको बताइन् ।
नेपालको संविधानको २०७२ मा महिला स्वास्थ्य अधिकार सम्बन्धी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अभिमुखीकरण कार्यक्रममा दंगीशरण गाउँपालिकाका सातवटै वडाका ३१ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण ओरेककी कल्पना चौधरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here