स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्नेमा जोड

फिचर मुख्य खबर

तुलसीपुर, ६ साउन । आधारभूत स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी रुपमा लैजानुपर्नेमा एक कार्यक्रमका सहभागीले माग गरेका छन् ।
दंगीशरण गाउँपालिका वडा नम्बर २ रहेको गोल्टाकुरी स्वास्थ्य चौकीमा भएको सामाजिक परीक्षण कार्यक्रमका सहभागीले स्वास्थ्य चौकीको सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
सहभागीहरुले विगतको तुलनामा स्वास्थ्य चौकीले स्वास्थ्य सेवामा सुधार गर्दै लगेको भएपनि अझै पनि भौतिक संरचना, खानेपानी, शौचालयलगायतमा सुधार हुन नसकेको उनीहरुले बताएका छन् ।
उनीहरुले स्वास्थ्य संस्थामा विभिन्न समयमा औषधिको अभाव हुने गरेको समेत बताए । महिला स्वास्थ्य स्वम्सेविका पार्वता खड्काले स्थानीय सरकारले आमा समूहलाई खाजा व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले गोल्टाकुरी स्वास्थ्य चौकीले सेवा सुधार गर्दै गएको भएपनि अझै सुधार गर्नुपर्ने धेरै रहेको बताइन् ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुुख प्रदिप योगीले स्वास्थ्य संस्थाप्रति बिरामीको विश्वसनीयता बढ्दै गएपनि कर्मचारी समायोजनले स्वास्थ्य सेवामा समस्या रहेको बताए ।
उनले वडामा अझैपनि बालविवाह कायमै रहेको भन्दै स्वास्थ्य चौकीमा वितेको वर्षमा ९ जना २० वर्षमुनिका आमाहरु जाँचका लागि आएको बताए ।
स्वास्थ्य चौकीमा एकजना कर्मचारीलाई गाउँपालिकाले काजमा लगेपछि आफूहरुलाई सेवा प्रवाहमा समेत समस्या परेको बताए । उनले काजको दरबन्दी तत्काल पूर्तिका लागि सम्बन्धित निकायलाई समेत अनुरोध गरे ।
स्वास्थ्य चौकीका अध्यक्ष तुलसीराम देवकोटाले स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण प्रक्रियामा भएको हुँदा भौतिक तथा खानेपानी, शौचालयको समस्या पनि अन्त्य हुने बताए ।
उनले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउनेमा आफूहरु प्रतिवद्ध रहेको बताउँदै सहज स्वास्थ्य सेवाका लागि एम्बुलेन्स खरिद गरिसकेको तर भन्सारमै प्रक्रियामा रहेको हुँदा केही दिनमै आउने बताए ।
वडा नम्बर २ मा सभाहल सहितको भवन निर्माणमा गरी आमा समूहको बैठकलाई सहजता ल्याउने बताए । दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा तुलसीपुर मिडिया प्रालिको सहजीकरण भएको सामाजिक परीक्षण कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रालिका अध्यक्ष गोपाल शर्मा भट्टराईले स्वास्थ्य चौकीको सेवा सुधार, भौतिक सुधारलगायतका विषयमा प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार जीतसागर जीएमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *