- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरस्वास्थ्य सेवालाई गुणात्मक बनाउन जोड

स्वास्थ्य सेवालाई गुणात्मक बनाउन जोड

- Advertisement -spot_img

शान्तिनगर, १६ भदौ ।
दाङको शान्तिनगर गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा गोष्ठी गरेको छ । स्वास्थ्य शाखाले गाउँपालिकाभित्र स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन वार्षिक समीक्षा गोष्ठी गरेको हो । गोष्ठीमा गाउँपालिकामा स्वास्थ्य सुधारका पक्षहरु सकारात्मक भएपनि गुणात्मक रुपले सुधार हुन नसकेको भन्दै सेवालाई गुणात्मक रुपमा लैजान सहभागीले आग्रह गरेका छन् ।
स्थानीय सरकार गठन भएपश्चात् नागरिकले सामान्य आधारभूत स्वास्थ्य सेवा प्राप्त गरेपनि अझै पनि सुधार आवश्यक रहेको बताएका छन् । स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य केन्द्रका प्रमुखले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाभित्र स्वास्थ्य सेवाको पहुँचमा सबै नागरिक जोडिए पनि आवश्यक भौतिक संचाना, जनशक्ति अभावलगायतका कारण गुणस्तरीय सेवा दिन नसकेको बताए ।
गाउँपालिकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रयास थालेपनि पर्याप्त बजेट नहुँदा समस्या भएको बताए । गाउँमा स्वास्थ्य चौकी स्थापना भएपछि नागरिकमा स्वास्थ्य सचेतना फैलन थालेको उनीहरुले बताएका छन् । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको वार्षिक समीक्षा गोष्ठीमा कार्यक्रममा सुआहारा परियोजनाका पोषण अधिकृत लिल विकले गाउँपालिकामा कुपोषित बालबालिकामा कमि आउन थालेको बताए ।
‘गाँउपालिकामा सुआहारा कार्यक्रम सञ्चालन भएपछि कुपोषित बालबालिकाको संख्या घट्दै गएको छ’ उनले भने । कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणाली प्रतिनिधि सविता पोखरेलले नागरिकलाई स्वस्थ बनाउन स्वास्थ्य उपचार मात्र नभई सचेतना जरुरी रहेको बताइन् । गाउँपालिकाका अध्यक्ष डाँगीले नागरिकलाई स्वास्थ्य सहज पहुँच बनाउन स्थानीय सरकारले प्रयास थालेको बताए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले स्वास्थ्य सेवालाई गुणात्मक रुपमा लैजानुपर्ने बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक हरि पुनले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here