- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरस्वास्थ्य संस्थामा प्रेषण प्रणाली

स्वास्थ्य संस्थामा प्रेषण प्रणाली

- Advertisement -spot_img

तुलसीपुर, १९ मंसिर । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुमा नयाँ प्रणाली प्रेषण प्रणाली लागू गरिएको छ । स्वास्थ्य संस्थाहरुमा आपतकालिन अवस्थामा बिरामीहरुलाई अन्यन्त्र रिफर गर्ने प्रचलन बढेपछि त्यसमा सुधार ल्याउन दाङमा स्थापना भएका सरकारी स्वास्थ्य संस्थाहरुमा प्रेषण प्रणाली सुरु गरिएको हो ।
जसका लागि जिल्लामा स्वास्थ्यकर्मीहरुले यसलाई तल्लो तहसम्म लागू गर्न अभिमुखीकरण समेत लिइसकेका छन् । यो कार्यक्रम पूर्णरुपमा अघि बढे अस्पताल तथा स्वास्थ्य केन्द्रमा भएको उपलब्धता त्यसको क्षमता, उपलब्ध सेवा तथा सुविधा, डाक्टर तथा स्वास्थ्य–कर्मीहरुको अवस्था गाउँघरमै जानकारी हुनेछ । स्वास्थ्य संस्थाको सेवा र सुविधाको बारेमा विषयहरुको सूचिकृत हुने जसले गर्दा नागरिकहरुले दाङ जिल्लाभित्र रहेका कुन स्वास्थ्य सेवामा कुन सेवा उपलब्ध हुन्छ भन्ने थाहा पाउने छन् । त्यसबारे पहिले नै जानकारी प्राप्त गर्ने हुँदा बिरामी तथा घाइते भएको अवस्थामा कुन संस्थामा लगेमा उपचार हुन्छ र कहाँ लग्नु उपयुक्त छ ? भन्ने पहिले नै थाहा हुनेछ । यसको मुख्य उद्देश्य स्वास्थ्य संस्थामा भएको रिफर घटाउने रहेको हव हस्पिटल प्रिपेडनेस कार्यक्रम दाङकी कार्यक्रम अधिकृत अंशु ढकालले जानकारी दिइन ।
कुन स्वास्थ्य संस्थामा के सुविधा रहेको छ ? त्यसको पहिचान नागरिकहरुलाई पहिला नै हुने र यदि उक्त सेवा उपलब्धता हुन नसके नागरिक तथा सरोकारवाला निकायहरुले प्रश्न चिन्हसमेत उठाउन सक्ने भएकोले स्वास्थ्य संस्था तथा अस्पतालहरु सधै आफ्नो संस्थामा उपलब्धता हुने सेवालाई चुस्तदुरुस्त राख्न सकिने उनले बताइन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङद्वारा सञ्चालित हव हस्पिटल प्रिपेडनेस कार्यक्रमले जिल्लामा यसको तयारी तथा अभिमुखीकरण कार्यको सुरुवात समेत थालेको उनले बताइन् ।
कार्यक्रमले मंगलबार तुलसीपुरमा आयोजना गरेको स्वास्थ्य संस्था तथा स्थानीय तहमा कार्यरत प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा भएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका र उपमहानगरपालिकादेखि पश्चिम क्षेत्रमा रहेका गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संयोजक र स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । आपतकालिन अवस्थामा स्वास्थ्य सेवालाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउने त्यस्तो अवस्थामा घाइते वा बिरामीको जीवन बचाउन कसरी सकिन्छ ? भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । विपदको समयमा प्रेषण कहाँ गर्ने, त्यसलाई कसरी व्यवस्थित गर्ने ? भन्ने विषयमा त्यस अवसरमा जानकारी गराईएको थियो ।
कुन विशेषज्ञ सेवा कुन अस्पतालमा पाईन्छ ? भन्ने विषयमा ब्रोसर निर्माण गरी महिला स्वास्थ्य स्वयंसेविकामार्फत जनताको घरदैलोसम्म पु¥याउने विषयमा छलफल गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक डा. गोकर्ण दाहालको आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सहजकर्ता विमल केसी र नेपाल रेडक्रस सोसाईटी दाङअन्तर्गत सञ्चालन भएको हव हस्पिटल प्रिपेडनेस प्रोग्राम अधिकृत अंशु ढकालले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here