स्वास्थ्य शिविर

फिचर समाज

तुलसीपुर, ३० जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी संघको स्थापना दिवसका अवसरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । संघको १४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका १७ सहिद स्मृति आवासिय मावि वनकट्टीका वृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त शिविरमा अध्ययन गर्ने ४५ जना विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि खड्काले मानविय स्वास्थ्य सबै भन्दा महत्वपूर्ण र संवेदनशील भएको बताए । शिविर सञ्चालनले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण र उपचार गर्नु निकै महत्वपूर्ण कार्य भएको समेत बताए ।
स्वास्थ्यकर्मी संघ दाङका अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा सञ्चालन भएको उक्त शिविरमा संघका केन्द्रीय सदस्य गोपीलाल वली, सल्लाहकार तथा निजामति कर्मचारी संगठनका उपाध्यक्ष नारायण घर्ती,
पेशागत महासंग दाङका कोषाध्यक्ष ठाकुर खनाल, जनस्वास्थ्य संघ प्रदेश नं ५ का सदस्य लेखनाथ न्यौपानेलगायतले स्वास्थ्य शिविरले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण तथा उपचारमा संघले प्रशंसनिय कार्य गरेको बताए ।
संघका नगर ईन्चार्ज दोर्ण बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विमल केसिले गरेका थिए । कार्यक्रमको धन्यावाद ज्ञापन विद्यालयका प्रधानाध्यापक नारायण पौडेलको गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *