स्वास्थ्य चौकी सरसफाई

समाज

दंगीशरण, २९ मंसिर । दंगीशरण गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय हेकुलीले शुक्रबार स्वास्थ्य चौकी परिसरमा सरसफाई कार्यक्रम गरेको छ । समुदाय– प्रहरी जिल्ला हर प्रहर गाउँ र नगरी टोल, टोल–टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।
ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी सहायक निरीक्षक माधव कुमार श्रेष्ठको अध्यक्षता एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको विशिष्ट आतिथ्यतामा स्वास्थ्य चौकी परिसरमा सरसफाई गरी संकलन भएका फोहरलाई खाल्डोमा ब्यवस्थापन गरिएको थियो । सरसफाई पछि समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रहरीले आयोजना गरेको यो कार्यक्रम प्रभावकारी भएको भन्दै अबका दिनमा प्रहरीसँग साझेदारी गर्दै दंगीशरण गाउँपालिकालाई शान्ति र समृद्ध गाउँपालिका निमार्ण गर्नतर्फ लागिपर्ने बताए । उक्त अवसरमा हेकुली प्रहरी सहायक निरीक्षक माधव कुमार श्रेष्ठले गाउँपालिकाको शान्ति सुरक्षाको लागि आफू जस्तोसुकै कदम चाल्न अग्रसर रहने बताए । जनतासँगको सहकार्य मजबुत बनाउन प्रहरीले यो खालको कार्यक्रम ल्याएको भन्दै प्रहरीसँग सहज भएर प्रस्तुत हुन आग्रह गरे । सरसफाई कार्यक्रममा राजनीतिक दल, स्वास्थ्य चौकीका कर्मचारी, गाउँपालिकाका कर्मचारी, प्रहरी, जेष्ठ नागरिकलगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन प्रहरी जवान टिका थापाले गरेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *