- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरस्वास्थ्य चौकीमा पूर्वाधारको अभाव, सेवामा समस्या 

स्वास्थ्य चौकीमा पूर्वाधारको अभाव, सेवामा समस्या 

- Advertisement -spot_img
हंसपुर २३ असार । पश्चिम दाङको पुरन्धारा स्वाथ्य चौकी हंसपुरमा पूर्वाधारको अभाव हुँदा सेवामा समस्या देखिएको छ । पुरानो स्वास्थ्य चौकी भएता पनि पर्याप्त पूर्वाधार नुहँदा स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवामा समस्या रहेको हो ।
अहिले कच्ची पुरानो टिनले छाएको भवनबाट सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य चौकीमा पूर्वाधारको अभावले सेवामा ठूलो समस्या उत्पन्न भएको तुलसीपुर मिडिया प्रालिले सञ्चालन गरेको पुरन्धारा स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रमका सहभागीले बताएका थिए ।
बबई गाउँपालिको आर्थिक सहयोगमा भएको सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्य चौकीको अवस्थाबारे जानकारी दिदै पुरन्धारा स्वास्थ्य चौकीका प्रमुख राजविर वर्णवालले आफूहरुले जतिसक्दो राम्रो सेवा दिने प्रयास गरेको बताए ।
सुत्केरी, ल्याव सेवा, पोषण अभिवृद्धि कार्यक्रम, सक्रिय स्वयम्सेविका परिचालित, निःशुल्क औषधी, निःशुल्क परिवार नियोजन सेवालगायत सेवा उपलव्ध रहेको बताए । तर भवनको ठूलो समस्या रहेको बताए । भवन पर्याप्त नहुँदा एउटै कोठामा प्रशासन, ओपिडि र औषधी वितरण गर्नुपरेको बताए ।
यस्तै भवनकै अभावमा सुत्केरी सेवा, ल्याव सेवालगायत विभिन्न सेवा  व्यवस्थित तरिकाले सञ्चालन गर्न नसकिएको उलने बताए । कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वलीले स्वास्थ्य चौकीमा भवनको अभाव रहेको बताउँदै भवन निर्माण कार्यक्रममा कसैले चासो नदिएको गुनासो गरे ।
बबई गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षसमेत रहेका वलीले वडाको बजेटले मात्र स्वास्थ्य चौकीको पूर्वाधार निर्माण नसकिने तर गाउँपालिकाले कुनै चासो नदिएको गुनासो राखे ।
स्वास्थ्य चौकीको भवन निर्माणमा कुनै सहयोग भएन, अध्यक्ष वलीले भने हापुरे केन्द्रित भवन मात्र छन् । विभिन्न कार्यालयका भवन हापुरे मात्र भएको तर स्वास्थ्य चौकीमा भवन नहुँदा एउटै कोठामा चारजनालाई सुत्केरी सेवा दिनुपरेको वाध्यता रहेको बताए ।
साविक पुरन्धारास्तरीय स्वास्थ्य चौकी भएता पनि भवनको अभावमा विभिन्न समस्या झेल्नु परेको उनले बताए । कार्यक्रममा बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माले स्वास्थ्य क्षेत्रका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेकी उपाध्यक्ष विश्वकर्माले विभिन्न सुझावलाई लिदै स्वास्थ्य क्षेत्रमा गाउँपालिका अगाडि बढ्ने बताए । विशिष्ट अथिति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि खड्काले स्वास्थ चौकी सुधार र विस्तार कार्य अगाडि बढेको बताए ।
मुस्कानसहितको सेवामा सबै स्वास्थ्य चौकीहरुले काम गरेको उनले वताए । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वलीको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्य चौकीको प्रारम्भिक अध्ययन प्रतिवेदन तुलसीपुर मिडिया प्रालिका निर्देशक गोपाल शर्मा भट्टराईले प्रस्तुत गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here