- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरस्वास्थ्य चौकीमा एमविविएस डाक्टर

स्वास्थ्य चौकीमा एमविविएस डाक्टर

- Advertisement -spot_img

गढवा, १७ मंसिर गढवा । मेडिकल अफिसर लेभलको डाक्टर नहुँदा उपचारका लागि सास्ती भोगेका गढवा गाउँपालिकाका नागरिकहरुलाई अब गाउँघरकै अस्पतालमा सहज ढंगले उपचार हुने भएको छ । राप्तीपारीका जनताहरुको उपचारको समस्यालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको पहलमा गढवा स्वास्थ्य चौकीमा आइतबार एमबिबिएस डाक्टरको नियुक्ती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । गाउँपालिकाको चालु अर्थिक बर्षको गाउँसभाबाट गढवाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको ब्यवस्था गर्ने पूर्व निर्णय बमोजिम आइतबार डाक्टर भरत पोखे्रललाई नियुक्ति गरिएको गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले बताए ।
यसैबीच गढवा गाउँपालिकाको आयोजनामा एक कार्यक्रम राखी नवनियुक्त डाक्टर भरत पोखे्रललाई स्वागत तथा सम्मान गरिएको छ । स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकुरी हमालको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष तथा न्यायप्क समितिका संयोजक शान्ति चौधरीको प्रमुख आतिथ्यमा स्वागत सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मानव स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएकोले गढवा स्वास्थ्य चौकीमा गाउँपालिकाले करार सेवामा एमबिबिएस डाक्टरको ब्यवस्था गरेको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, डा.भरत पोखे्रल, स्वास्थ्य ब्यवस्थापन समितिका सल्लाहकार शंकर पाण्डेय र शकुन्तला डिसी लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै नवनियुक्त डाक्टर भरत पोखे्रलले आफ्नै गाउँ ठाउँमा आफू सक्दो स्वास्थ्य सेवा प्रवाहमा सक्रिय रहने र त्यसका लागि सबैको सहयोग अपरिहार्य रहने बताए । उक्त अवसरमा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शान्ति चौधरीले सेवा करारको सम्झौता पत्र नवनियुक्त डाक्टर भरत पोखे्रललाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य चौकी प्रमुख कुलराज चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here