Friday, March 22, 2024
Homeफिचरस्वस्थ र सुखी समाज लागि नारी शक्ति

स्वस्थ र सुखी समाज लागि नारी शक्ति

- Advertisement -spot_img

घोराही, २५ फागुन । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय घोराही दाङ, नेपालले स्वस्थ र सुखी समाज निर्माणका लागि नारी शक्तिको भूमिका विषयमा छलफल गरेको छ । ब्रह्माकुमारी राप्तीका प्रमुख सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी गीता दिदीको अध्यक्षतामा भएको छलफल कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले कुनै पनि नाउँमा महिला हिंसा वा दुव्र्यवहार गर्नु गैरकानूनी कार्य वा दण्डनीय भएको बताएकी छन् ।
‘कानूनी रुपमा हामीले धेरै अधिकार प्राप्त गरिसकेका छौं’ छलफलमा राष्ट्रिय सभा सदस्य देवकोटाले भनिन् ‘अब ति अधिकारहरुलाई कार्यान्वयन गर्नको लागि हामी सचेत र सजग हुनुपर्छ ।’ हिजो जिउँदै जलाईने महिलाहरु आज राष्ट्रपतिको पदमा पुग्न सफल हुँदाहुँदै पनि हाम्रो समाजको साेंच र चिन्तन अझै नबदलिने बताइन् ।
जबसम्म हाम्रो व्यवहार र दृष्टिकोणलाई समयानुकूल बनाउन सक्दैनौ तबसम्म हामी आफैमा परिवर्तन हुननसक्ने बताइन् । विज्ञान र आध्यात्मिक चिन्तनको मिश्रणबाट नै भ्रष्ट्राचारमुक्त, स्वस्थ एवं सुखी समाज निर्माण सम्भव भएको बताइन् । समाज रुपान्तरणमा नारी शक्ति सक्षम र सवल हुन आवश्यक रहेको उनको भनाइ थियो ।
विशिष्ट अतिथि सरस्वती गौतमले विश्व महिला आन्दोलनको सम्झना गर्दे मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले राजनैतिक सचेतनालगायत विभिन्न अधिकार हासिल गरेको बताइन् । ‘विद्यमान कानूनी उपलब्धिलाई परिणाममुखी बनाउन सकेको छैन’ छलफलमा उनले भनिन् ‘नारी शक्ति केवल श्रृंगारका साधन मात्र होइनौं, बाह्य सुन्दरतालाई देखासिकी नगरी आन्तरिक स्वच्छता र आन्तरिक उर्जालाई स्वस्थ समुन्नत समाज निर्माणमा लगाउनु पर्ने आवश्यक छ ।’
छलफलमा सहभागीहरुले परिवार समाजको हर स्तरमा नारी वर्गको आदर सम्मान तथा समान अधिकारबाट नै परिवार र समाज स्वस्थ तथा समृद्ध हुने बताएका थिए । यस अभियानमा नारी पुरुष दुबै एकअर्काको सहयोगी बनेर देश विकासमा महिला अग्रसरताको लागि आध्यात्मिक सशक्तिकरणले महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
छलफलमा घोराही उपमहानगरपािलकाका उपप्रमुख सीता सिग्देल न्यौपाने,गोरक्ष राष्टिूय दैनिकका प्रकाशक सुलोचना गौतम, महिला मानवअधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष हुमा डिसीलगायत महिला मानव अधिकारकर्मीहरुले शुभकामना राखेका थिए । ब्रह्माकुमारी घोराहीकी सञ्चालिका ब्रह्माकुमारी उर्मिलाको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण राजयोग प्रशिक्षक ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here