बिजौरी, १७ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्वस्थ रहनका लागि आहारमा ध्यान दिनुपर्ने बताएका छन् । भीष्मस्मृति प्रतिष्ठानले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को स्वास्थ्य सहरी क्लिनिकमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले विगतमा सरुवा रोगका कारण धेरैको ज्यान गरेकोमा हाल नसर्ने रोगका कारण ज्यान जाने गरेको बताए । कार्यक्रममा प्रमुख पाण्डे खानपानमा ध्यान दिन नसक्दा मृटु, मृगौला, क्यान्सर रोग बढ्दै गएको बताएका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले नगरबासीलाई स्वस्थ राख्नका लागि उपमहानगरले विशेष कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा प्रमुख पाण्डे खानपानमा ध्यान दिन नसक्दा मृटु, मृगौला, क्यान्सर रोग बढ्दै गएको बताएका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले नगरबासीलाई स्वस्थ राख्नका लागि उपमहानगरले विशेष कार्यक्रम गर्दै आएको बताए ।
प्रतिष्ठानका अध्यक्ष मोतीराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायणकुमार आचार्य, वडा नम्बर १८ का वडाध्यक्ष माधव वली, कार्यपालिका सदस्य देवराज विकलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहाकार एवं नेपाली काँग्रेस दाङका नेता श्याम रेग्मीले रक्तदान गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सदस्य विदुर गौतमले गरेका थिए भने सहजीकरण सचिव टीकाराम पौडेलले गरेका थिए ।
नेपाली काँग्रेसका नेता तथा समाजसेवी भीष्मराज गौतमको क्यान्सर रोगका कारण निधन भएको थियो । कार्यक्रममा श्यामकुमार रेग्मी, विदुर गौतम, सशिधर भुसाल, रविन्द्र केसी, यज्ञबहादुर पुन, नवीन वली, लक्ष्मी पौडेल, तारक रेग्मी, धर्मराज घर्ती, अभिशेष रेग्मी, कैलाश रेग्मी, रविराज गौतम, ललिलजंग पाण्डे, अर्जुन रेग्मी, टीकाराम पौडेललगायतले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रमको अध्यक्षता मोतीराज गौतमले गरेका थिए ।