स्वस्थ जीवनका लागि खेल

खेलकुद फिचर समाज

तुलसीपुर, २४ माघ । स्वस्थ्य जीवनको लागि खेल महङ्खवपूर्ण भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा स्कुल तुलसीपुरको आठौँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको खेलकुद सप्ताहको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले खेलकुदलाई विद्यालयहरुले प्राथमिकतामा राखेको भन्दै यसले विद्यार्थीहरुको मानसिक तथा सामाजिक विकासमा मद्दत पु¥याउने बताए । अधिकांश विद्यालयहरुमा अहिले खेल पहिलो प्राथमिकतामा पर्नु राम्रो भएको भन्दै खेलको विकाससँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताएका थिए । विद्यालय सञ्चालन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षतामा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी र १९ नं बाहिनी तुलसीपुरमा प्रमुख विष्णु बस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा १८ गतेदेखि सुरु भएको खेलकुद सप्ताहको समापन गरिएको थियो ।
गोरखा स्कुलले अतिरिक्त क्रियाकलापलाई स्थापनादेखि नै प्राथमिकतामा राखेको र त्यहि अनुसार गतिविधि सञ्चालन गरिरहेको विद्यालयका सिइओ दुर्गा केसीले जानकारी दिए । उनले विद्यालयको पाठ्यक्रममा नै अतिरिक्त क्रियाकलाप र खेलकुद समावेश गरेर विद्यार्थीहरुको वृद्धि विकास गरिरहेको बताए । उनले त्यही कारणले गोरखाका विद्यार्थीहरु खेलकुदमा राष्ट्रियस्तरसम्म पुगेको बताए । खेलकुद शिक्षक मोहन स्वर्णकारले जिल्ला र राष्ट्रियस्तरका खेलकुदमा सहभागी जनाएका गोरखाका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेको नतिजासमेत राम्रो आइरहेको बताए । विद्यालयका प्राचार्य विजयमान जिएमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अभिभावक विष्णु रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, निवर्तमान अध्यक्ष विमल रिजाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कमल भण्डारीले गरेका थिए । विद्यालयले आठौँ वार्षिकोत्सव २५ गते मनाउन लागेको प्राचार्य जिएमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *