स्वस्थ जीवनका लागि खाद्यवस्तुमा सुधार

समाज

तुलसीपुर, १८ जेठ । जथाभावी रुपमा प्रयोग गरिने खाद्यवस्तुका कारण मानवीय स्वास्थ्यमा दिनप्रतिदिन नकारात्मक प्रभाव पार्दै गएकाले समयमै यसको सुधार गर्नु पर्ने देखिएको छ ।
विशेषगरी दैनिक भान्सामा प्रयोग हुने खाद्य सामाग्री, तयारी अवस्थाका खानेकुरा, तरकारीलगायतका विविध खाद्यवस्तुमा सुधार गर्नुपर्ने एक कार्यक्रमका अवसरमा बताईएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयको आयोजनामा सञ्चालन गरिएको तीनदिने खाद्य पोषण तालिमका अवसरमा खाद्य स्वच्छता, सरसफाई तथा रोग नियन्त्रणका बारेका जानकारी गराईएको छ ।
मानिस स्वथ्य रहनका लागि खानाको आवश्यकता भए पनि अहिले खानाकै कारण मानिसको मृत्यु हुनेको गरेको तालिमका अवसरमा बताईएको थियो ।
गत जेठ १५ गतेदेखि सञ्चालन भएको तालिमको समापनका अवसरमा बोल्दै प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले आधुनिक सुन्दरताका कारण अहिले मानिसहरुको स्वास्थ्यमा विभिन्न किसिमका दीर्घकालिन समस्याहरु देखिने गरेको बताए ।
‘अहिले परम्परागत खानेकुराभन्दा वाह्य खानेकुरामा मानिसको आकर्षण बढ्दै गएको छ , उनले भने ‘छिटोछरितोको आधारमा तयारी अवस्थामा रहेका खानेकुरा प्रयोग गर्नाले जटिल रोगहरुल सताईरहेको अवस्था छ,
यसमा कसले ध्यान दिने ?’ बजारमा विषादी प्रयोग गरिएका खानेकुराहरुलाई प्राथमिकतामा नराखी अर्गानिक खेती प्रणालीको सुरुवात गर्नुपर्ने उनले बताए ।
यस्तै तालिमको मुख्य प्रशिक्षकका रुपमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक कुमार बञ्जाडेले हरेक प्रकारका खानेकुरामा व्यापक विकृति देखिएकाले समयमा सचेत रहनु अत्यावश्यक भएको बताएका छन् ।
यस्तै खानेकुराको मापन, आधार, छनोट र यसको व्यवस्थापनका विषयमा समेत आम नागरिक अन्योलमा परेको बताउँदै वञ्जाडेले भने ‘खानालाई खाना नभएर रोग उपचार गर्ने औषधिको रुपमा लिनु पर्दछ, अनि मात्र शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।’
उक्त तालिमका अवसरमा उनले सहभागीहरुलाई शरीर स्वस्थ बनाउनका लागि खानेकुराको सन्तुलन कसरी गर्ने ? कस्ता प्रकारका खानेकुरालाई कसरी भण्डार गर्ने ?
अथवा कसरी सुरक्षित गर्ने, कुन समयमा कस्ता प्रकारका खानेकुराहरु प्रयोग गर्ने, मात्रा कसरी मापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।
उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछाने तालिममा सिकेका कुराहरुलाई अनिवार्यरुपमा व्यवहारमा उतार्नुपर्ने बताए ।
उनले हरेक नागरिकलाई सचेत गराउने काम तालिमले प्रदान गरेका भन्दै सहभागीहरुलाई जनसम्पर्कको माध्यमबाट कुपोषित रहित समाज निर्माणमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
त्यस्तै प्रशिक्षार्थी देवा बस्नेत, चित्रबहादुर भण्डारीलगायतले खाद्य पोषणसम्बन्धी विभिन्न किसिमका कार्यक्रमहरु समय–समयमा सञ्चालन गराईनु पर्ने बताएका छन् ।
हरेक नगरिकहरुमा पौष्टिकपूर्ण आहारको जानकारी अनिवार्य हुनुपर्ने भएकाले यस्ता कार्यक्रमहरु गाउँकेन्द्रित बनाउनुपर्ने समेत उनीहरुले बताए ।
दैनिक रासायनिक औषधि प्रयोग गरिएका खानेकुराहरु बिक्री वितरण गरिने भएकाले यसको मापन गर्ने व्यवस्था स्थानीय तहले गर्नुपर्ने मागसमेत राखेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मनोज कुमार यादवले गरेका थिए ।
महिला स्वाथ्य स्वयम्सेविका, स्वास्थ्यमा विषयमा सरोकार राख्ने सरोकारवाला, शिक्षकलगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रम गत जेठ १५ गतेदेखि तुलसीपुरमा सञ्चालन भएको तालिमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *