स्वयंसेविका स्वास्थ्यका दूत

फिचर मुख्य खबर

हरेक नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै घर–घरमा स्वास्थ्य सेवा दिने स्वयंमसेविकाहरु सरकारको स्वास्थ्य दूत भएको तलुसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन् ।
कुनै पनि पारिश्रमिकविना आफ्नो स्वास्थ्य सेवा प्रवाहमा स्वयंसेविकाहरु क्रियाशील रहेको भन्दै उनले यस्तो बताए । शुक्रबार तुलसीपुरमा सम्पन्न स्वयंसेविका सम्मान तथा सामाग्री कार्यक्रमका अवसरमा नगरप्रमुख पाण्डेले यस्तो बताएका हुन् ।
नागरिकको घर–घरमा गएर स्वास्थ्य सेवा दिने स्वयम्सेविकाहरु सरकारको स्वास्थ्य दूत भएको बताउँदै नगरप्रमुख पाण्डेले स्वयंसेविकालाई काम अनुसारको मूल्य दिनका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रमहरु अगाडि बढाउने आश्वासनसमेत दिए ।
उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम सञ्चालन गरेको बताउँदै नगरप्रमुख पाण्डेले त्यसका बारेमा आमजनतालाई सचेतना प्रदान गर्ने काममा स्वास्थ्य स्वयम्सेविकाहरु निरन्तर लाग्नुपर्ने कुरामा जोड दिए ।
‘सामान्य जनताको ज्यान जोगाउने काम तपाईहरुको नै हो’ नगरप्रमुख पाण्डले भने ‘तपाईहरुको दुःख मेहनत र परिश्रमको अवश्य कदर गर्ने छौँ ।’

 
स्वास्थ्य उपसमिति संयोजक राजु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख माया शर्माले घर–घरमा मानिसहरुलाई स्वास्थ्यप्रति सचेत बनाउनका लागि स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
स्वयंसेविकाहरुलले जनताहरुलाई स्वास्थ्यका वारेमा जानकारी दिनुका साथै गर्भवती महिलाहरुको स्वास्थ्य रक्षा गर्नमा समाजमा उदाहरणीय काम गर्दै आएको उपप्रमुख आचार्यले बताईन् ।
कार्यक्रमका अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले स्वयम्सेविकाहरुले स्वास्थ्य क्षेत्रसँग सम्वन्धित विभिन्न कार्यक्रम सञ्चालनमा निकै सहजता ल्याएको बताए ।
उक्त अवसरमा स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मानसमेत गरिएको थियो । उनीहरुको काम प्रभावकारी भएको भन्दै झोला, छाता र परिचयपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य सहसंयोजक विष्णु गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *