स्यालो ट्युबेलले दिएको खुसी

फिचर मुख्य खबर समाज

तुलसीपुर, ४ मंसिर । तुलसीपुर उपमहानगरपालिका–१३ का भद्राकुमारी घिमिरे लामो समयदेखि कृषि पेशामा छिन् । खेती गर्नलाई जग्गा प्रशस्त भएपनि सिंचाई अभावको कारण सोचजस्तो उत्पादन र आम्दानी लिन सकेकी थिइनन् ।
आकाशबाट आएको पानीले मात्र खेती गर्ने गरेका कारण पनि सोचेजस्तो आम्दानी हुन सकेको थिएन् । आकासको पानीले वर्षामा मात्र खेती हुने गरेको थियो । खेतबारीमा सिंचाई अभावसँगै खानेपानी पनि ल्याउन पनि खोलामा पुग्नुपर्ने बाध्यता थियो ।
वर्षायामको समयमा मात्रै खेतीपाती गरेकी उनले केही वर्ष अघि भूमि तथा जलस्रोत विकास परियोजनामार्फत आफ्नो करिब १ लाख र अनुदान ६ लाख गरी ७ लाखको लागतमा बारीमा स्यालो ट्युबेल जोडिन् । अहिले सिंचाईका लागि स्यालो ट्युबेल जोडपछि अहिले बाह्रै महिना खेतीपाती हुने गरेको छ ।
‘जग्गा जति भएपनि के गर्नु र पानी नै थिएन्, तर गतवर्ष करिब ७ लाखको लगानीमा स्यालो ट्युबेल जडान गरेपछि सहज भएको छ’ उनले भनिन्– ‘स्यालो ट्युबेलले सिंचाई मात्र नभएर खानेपानी पनि सहज भएको छ, नत्र भने त खानेपानी ल्याउन न नै १/२ घण्टा लगाएर पर खोलामा पुग्नुपथ्र्यो ।’ सरकारले पनि केही सहयोग गर्ने भएपछि रनियापुर गाउँमा गतवर्ष चार/पाँचजनाको समूहमा एउटा स्यालो ट्युबेल जडान भएको थियो ।

ट्युबेल जडानका लागि वडाले सम्बन्धित निकायसँग समन्वय गरेको छ तर बजेट विनियोजन गर्न सकेको छैन् । वडा नम्बर १३ मा सिंचाई अभावमा बाँझै रहने जग्गामा सिंचाई सुविधाका लागि स्यालो ट्युबेल जडानलाई पूर्णता दिनका लागि प्रदेश सरकार, केन्द्र सरकारसँग समन्वय भइरहेको छ ।


सिंचाईका लागि गाउँ–गाउँमा अरू नजिक–नजिक भएकाहरूले त जोडे तर उनीसँग मिलेर जोड्ने कोही नभएपछि एक्ललै स्यालो ट्युवेल जोडेकी थिइन् । ‘ट्युवेल जडान भएपछि तरकारी खेतीसमेत गर्न थालेको छु,
तरकारी खेतीबाट पनि राम्रै आम्दानी भएको छ, उनले भनिन्– ‘खेतीका लागि उर्वरभूमि प्रशस्तै छ तर सिंचाईका लागि आकासकै भर पर्नुपर्ने बाध्यता थियो, गतवर्ष मात्रै स्यालो ट्युवेल जोडेपछि अहिले तरकारी खेतीबाट पनि आम्दानी गर्न थालिएको छ ।’
भूमि तथा जलस्रोत विकास परियोजनाअन्तर्गत वडा नम्बर १३ को रनियापुरमा मात्रै गतवर्ष ४० वटा स्यालो ट्युवेल जडान भएको छ । सरकार र सम्बन्धित किसानको लगानीमा स्यालो ट्युबेल जडान भएको हो ।
स्यालो ट्युबेल जडान भएपछि किसानलाई सिंचाईको सुविधा सहज भएको छ । खानेपानीका लागि खोलामा पुग्नुपर्ने बाध्यताको अन्त्य स्यालो ट्युबेलले गरिदिएको अर्का किसान गोविन्दबहादुर घिमिरेले बताए ।
‘वर्षामा आकाशको भरले एउटा खेती मुस्किलले हुने गरेको थियो, खानेपानी ल्याउन पनि निकै टाढा जानुपर्ने बाध्यता थियो तर अहिले सहज भएको छ’, उनले भने– ‘सिंचाई सुविधा भएपछि तरकार खेती पनि गर्न थालिएको छ, राम्रै फाइदा भएको छ । स्यालो ट्युबेल जडान भएपछि स्थानीयले अहिले नगदेबाली धान, गहुँ, मकैसहित तरकारी खेती पनि गर्ने गरेका छन् ।

बखरियामा अलपत्र

रनियापुरमा सिंचाई सुविधाका लागि स्यालो ट्युबेल जडान गरिएपनि तुलसीपुर–१३ का अधिकांश ठाउँ सिंचाईको अभावमा छ । सिंचाईका लागि जोडिएका स्यालो ट्युबेल लगानी अभावका कारण सञ्चालन हुन नसक्दा पनि अझै सबै किसान लाभान्वित हुन सकेका छैनन् । बखरियामा पनि ४० वटा स्यालो टयुबेल जडान गर्ने योजना भएपनि कामले पूर्णता पाउन सकेको छैन् ।
रकम अभावकै कारण स्यालो ट्युबेलको कामले पूर्णता पाउन नसकेको वडा अध्यक्ष डम्बरबहादुर न्यौपानेले बताए । ‘हामीले बजेट विनियोजन गर्न सकेका छैनौँ, सम्बन्धित समुदायले गर्नुपर्ने लगानी गरेका छन्’ उनले भने–
‘ट्युबेल जडानका लागि वडाले सम्बन्धित निकायसँग समन्वय गरेको छ तर बजेट विनियोजन गर्न सकेको छैन् । वडा नम्बर १३ मा सिंचाई अभावमा बाँझै रहने जग्गामा सिंचाई सुविधाका लागि स्यालो ट्युबेल जडानलाई पूर्णता दिनका लागि प्रदेश सरकार, केन्द्र सरकारसँग समन्वय भइरहेको अध्यक्ष न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *