- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरस्याउलाको भर

स्याउलाको भर

- Advertisement -spot_img

घोराही, २७ बैशाख । बबई गाउँपालिका वडा नम्बर २ को तीनतले सामुदायिक वनमा आगो लाग्यो । त्यो आगो नजिकैको कल्लेरी राष्ट्रिय वनमा सल्किएको थियो ।]
वन्यजन्तुु र जडीबुटीहरु चोरी गर्ने उद्देश्यले चोरी सिकारीले वनमा आगो लगाएको हुन सक्ने तीनतले सामुदायिक वनका अध्यक्ष यज्ञबादुर वलीलगायत वन उपभोक्ताहरुको शंका छ । कल्लेरी राष्ट्रिय वनबाट शुरु भएको आगो कालापानी सामुदायिक वन हुँदै मासोता सामुदायिक वनमा डढेलोको वन सखाप पा¥यो ।
सम्बन्धित सामदायिक वनका उपभोक्ताहरु र गाउँलेहरुले तीन लगाएर प्रयास गरे पनि आगो नियन्त्रण हुन सकेन् । मानवीय कुनै क्षति नभए पनि ११ सय हेक्टर वनमा आगोले सखाप पारेको तीनतले सामुदायिक वनका अध्यक्ष यज्ञबहादुर वलीले बताए ।
वनमा लागेको आगोले जडिबुटी, नवपालुवा विरुवाहरु, वन्यजन्तुहरुमा प्रभाव पारेको उनले बताए । ‘वनमा आगो लागेको थाहा पाउँदा वित्तिकै हामी सामुदायिक वन उपभोक्ताहरु सबै खटिएका थियौँ’
अध्यक्ष वलीले भने ‘आगो नियन्त्रण गर्नको लागि कुनै उपकरण तथा औजार सामाग्रीहरु हामीसँग थिएन् ।’ ‘तीन दिन तीन रात हामी आगो नियन्त्रण गर्नको लागि वनमै थियाँै’ उनले भने ‘स्याउलाका भरमा के आयो नियन्त्रण हुन्थ्यो र सबै जलेर सखाप भयो ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १ सिरुखर्कस्थित सल्लीकोट सामुदायिक वनमा आगो लाग्यो । वनमा लागेको त्यो आगो पनि नियन्त्रण बाहिर भयो ।

  • वनमा लागेको आगोले जडिबुटी, नवपालुवा विरुवाहरु, वन्यजन्तुहरुमा प्रभाव
  • जिल्लामा ३४ बढी राष्ट्रिय तथा सामुदायिक वनमा आगो

कारण हो आगो नियन्त्रण गर्ने कुनै उपकरण नहुनु । वन उपभोक्ताहरुको आगो नियन्त्रणमा लिने प्रयास हुँदाहुँदै पनि सामुदायिक वनको आगोको झिल्का वन नजिकैको घर गोठमा सल्कियो ।
यि त उदाहरण मात्रै हुन् । जो आफ्नै आँखा अगाडि आगो नियन्त्रण गर्न नसक्दा घर, गोठ तथा वन खरानी भएको । गर्मी मौसम सुरु भईसकेको छ । हावाको बेग पनि उत्तिकै चलिरहेको छ ।
मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय घोराहीका अनुसार यो सिजनमा अत्याधिक हावाहुरीसमेत गर्मी बढ्ने जनाएको छ ।
गर्मीको समयमा सानो आगोको झिल्कोले ठूलो क्षति हुन सक्ने र हावाहुरीका कारण आगो झन नियन्त्रण बाहिर हुने र फैलन सक्ने सम्भावना हुन्छ । जिल्लामा आयो नियन्त्रण गर्नको लागि जिल्लामा प्रशस्तरुपमा अग्नी नियन्त्रण सामाग्रीहरु छैनन् । गर्मी सिजनमा न त पानी प्रशस्त छ ।
डिभिजन वन कार्यालय दाङ (घोराही)मा हाल १५ सेट व्याक प्याक, १६ सेट अग्नीरोधक सामाग्री, खरिद गरिएको छ । ति अग्नीरोधक सामाग्रीसहित सचेतना कार्यक्रम,
प्रचारप्रसार सामाग्रीलगायतका गोष्ठी सञ्चालनको लागि ७ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याएको डिभिजन वन कार्यालय दाङ (घोराही)का सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।
डिभिजन प्रमुख दिपक ज्ञवालीले कहि कतै वनहरुमा स्याउला प्रयोग गरेर आगो नियन्त्रण लिएको हुनसक्ने बताउँछन् । ‘हामीले वनमा लागेको आगो नियन्त्रण गर्नको लागि सामाग्रीहरु पठाईसकेको छौँ’ कार्यालय प्रमुख ज्ञवालीले भने
‘सबै सामुदायिकमा पुग्न नसकेको पनि हुनसक्छ ।’ धेरै नै क्षति हुने गरी वनमा आगो नलागेको उनले बताए । जिल्लामा ३४ बढी राष्ट्रिय तथा सामुदायिक वनमा आगो लागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here