- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरस्मृति दिवसमा वृक्षारोपण र सम्मान

स्मृति दिवसमा वृक्षारोपण र सम्मान

- Advertisement -spot_img

घोराही, १५ साउन ।
नेपाल निजामति कर्मचारी संगठन दाङले २७औँ मनोज, झपेन्द्र र सुरेन्द्र स्मृति दिवसका अवसरमा वृक्षारोपण र सम्मान कार्यक्रम गरेको छ । संगठनले घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा मंगलबार विरुवाहरु रोप्नुका साथै सम्मान कार्यक्रम गरेको हो । कर्मचारीहरुको हकहित र राष्ट्रिय हितको आन्दोलनमा राज्य पक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की, मनोज जोशी र सुरेन्द्र विश्वकर्माको सम्झनामा वृक्षारोपण तथा सम्मान कार्यक्रम गरिएको संगठनले जनाएको छ । दिवसकै अवसरमा कर्मचारीहरुले पार्कमा रहेको नेत्रलाल अभागीको शालिक परिसरमा सरसफाईसमेत गरेका छन् । संगठनले दिवसका अवसरमा पूर्व अध्यक्षहरुका श्रीमतीहरुलाई सम्मान गरेको छ ।
संगठनका उपाध्यक्ष जीवन कुमारी जिसीको अध्यक्षतामा एवं प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरुलाल चौधरीले दिवंगत भएका पूर्व अध्यक्षहरुका श्रीमतीहरुलाई सम्मान गरेका हुन् । दिवंगत पूर्व अध्यक्षहरु गोविन्द गौतमकी श्रीमती विमला गौतम, बसन्त सुवेदीकी श्रीमती द्रोपता सुवेदी र गंगामणि शर्माकी श्रीमती विष्णुकुमारी शर्मालाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरी केन्द्रीय सदस्य चौधरीले सम्मान गरेका हुन् ।
कार्यक्रममा केन्द्रीय सदस्य चौधरीले अहिले प्राप्त पेशागत र राजनीतिक उपलब्धिमा निजामती कर्मचारीहरुको योगदान अमूल्य रहेको स्मरण गरे । संगठनका सहसचिव खिमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी अधिकारीले गरेका थिए । पञ्चायत कालदेखि तत्कालिन माओवादीको सशस्त्र द्वन्द्वका समयमा निजामती कर्मचारी रहेकै बेला मनोज, झपेन्द्र र सुरेन्द्रको हत्या भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here