- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरस्मार्ट सिटीका छाडा चौपाया

स्मार्ट सिटीका छाडा चौपाया

- Advertisement -spot_img

तुलसीपुर, १७ साउन ।
दाङका उप–महानगरपालिकाहरुलाई स्मार्ट सिटी बनाउने नारा निर्वाचन हुँदै जनप्रतिनिधिको एक वर्षको कार्यकालसम्म पनि सेलाएको छैन । तुलसीपुर घोराहीलाई स्मार्ट सिटी बनाउने भन्दै जनप्रतिनिधिहरुले सपना बाड्न छोडेका छैनन् । भाषणमा स्मार्ट सिटी देखाइए पनि कार्यान्वयनमा भने सामान्य अवस्थाको समेत ब्यवस्थापन स्थानीय तहले गर्न सकेको छैन । बजारका सिसी क्यामरा मर्मतसमेत गर्न नसकेका जनप्रतिनिधिहरुलाई अहिले अर्काे चुनौती थपिएको छ, छाडा चौपाया र भुस्याहा कुकुर । बजारका विभिन्न ठाउँमा छाडिएका चौपायाका कारण पछिल्लो समय सडक अस्तव्यस्त बन्दै गएका छन् भने स्मार्ट सिटीको परिकल्पना गरेको सहरहरुमा छाडा चौपाया विशेषता बनेका छन् । बजारको सुन्दरतासमेत छाडा पशु चौपायाकै कारण कुरुप बन्न थालेको छ । अर्कोतिर छाडा पशु चौपायाकै कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । तुलसीपुर ट्राफिक प्रहरीले समेत छाडा पशु चौपायाका कारण यातायात व्यवस्थापनमा चुनौती खेप्नु परेको बताएको छ । मुख्य सडकमै पूरै सडक जाम गरेर बस्ने पशु चौपायाका कारण पैदल यात्रीलाई समेत समस्या हुने गरेको छ । सँगै सवारी साधनहरुलाई समेत सहजरुपमा साधन सञ्चालन गर्न समस्या हुने गरेको गाडी चालक बुद्धिराम केसीले बताए । बजारमा दिनप्रतिदिन सडक साँघुरो हँुदै गएको छ अझ त्यसमा छाडा पशु चौपायाले सडक नै कब्जा गर्दा जोगिएर गाडी चलाउनु पर्ने अवस्था रहेको केसीले बताए ।नगरलाई फराकिलो सुरक्षित, सहज र सुन्दर बनाउने तुलसीपुर उपमहानगरपालिको योजनालाई समेत छाडा पशु चौपायाको कारण चुनौति थपिदिएको छ । एकातिर बजारमा छोडिएको छाडा पशुचौपाया र अर्कोतिर बजारमा बढेको भुस्याहा कुुकुरहरुको संख्या समेत बढ्दा यातायातका साधन र पैदल यात्रुहरुलाई समेत सहज रुपमा हिडडुल गर्नसमेत समस्या देखिएको छ ।

भाषणमा स्मार्ट सिटी देखाइए पनि कार्यान्वयनमा भने सामान्य अवस्थाको समेत ब्यवस्थापन स्थानीय तहले गर्न सकेको छैन । बजारका सिसी क्यामरा मर्मतसमेत गर्न नसकेका जनप्रतिनिधिहरुलाई अहिले अर्काे चुनौती थपिएको छ, छाडा चौपाया र भुस्याहा कुकुर ।


पछिल्लो समय गाईका बाच्छाबाच्छी, रोगी पशुहरूलाई सडकमा त्यत्तिकै छाड्ने क्रम निकै बढेको छ । आम्दानीका लागि पशुपालन गर्ने किसानले काम नलाग्ने भएपछि पशु चौपायाहरुलाई बजारमा ल्याएर जथाभावी छाड्नाले सवारी जाम हुने तथा पशुमा ठोक्किएर दुर्घटनासमेत हुने गरेको छ । दिनप्रतिदिन सडकमा छाडा चौपायाको संख्या बढ्दै गएसँगै सडकमा सवारी चालक तथा पैदल यात्रीलाई समेत समस्या हुन थालेको छ । जसको कारण कतिपय सडकमा दुर्घटनासमेत निम्तिएका छन् । छाडा चौपायाको सास्ती बजारमा भएको र यसलाई ब्यवस्थापन गर्न नगरले पहल गरिरहेको बताए । उनले तुलसीपुरमा नगर प्रहरीको कमी हुँदा ब्यवस्थापनमा केही समस्या भएको उनले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने बजारमा बढेको छाडापशु चौपाया निकै समस्याको रुपमा रहेको बताए । तत्काल उपमहानगरपालिकाले यो समस्या समाधानको लागि दीर्घकालिन योजना बनाएर जानुपर्ने बताए । विभिन्न क्षेत्रबाट छाडा पशुचौपायाको कारण समस्या बढेको गुनासो आएपछि वडा नम्बर ५ र ६ ले छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापनको लागि लिखितरुपमै उपमहानगरपालिकालाई जानकारी गराउने काम गरेको बताए । यो समस्या बजारको मात्र नभएर पूरै नगर र अन्य स्थानीय निकायहरुको समेत रहेको भन्दै समस्या समाधानको लागि दीर्घकालिन योजना बनाएर जान आवश्यक रहेको उनले बताए । केही दिन अघिमात्र तुलसीपुरको वीरेन्द्र चौकमा प्रहरीको गाडीले नै छाडा छोडिएको पशुलाई ठक्कर दिएर घाइते बनाएको कुरासमेत बाहिर आएको थियो । तुलसीपुरको सितलपुर चौक नजिक मोटरसाईकलले सडकमा रहेका दुईवटा गाईलाई ठक्कर दिदा गाईहरु घाइते भए झण्डै मोटरसाईकललाई चालकलाई भने केही भएन । यस्ता केही उदाहरण मात्रै हुन । दिनहुँ बजारमा छोडिएका छाडा पशुचौपाया तथा बजारक्षेत्रमा रहेका भुस्याहा कुकुरको कारण विभिन्न दुर्घटना हुने गरेका छन् ।
यस्ता छाडा चौपायाहरू नियन्त्रण गर्ने जिम्मा उपमहानगरपालिकाको भएपनि छाडा चौपायाहरू नियन्त्रण गर्नतर्फ उपमहानगरपालिकाले ध्यान नदिएको स्थानीय भूपेन्द्र बहादुर क्षेत्रीले बताए । तुलसीपुर बजारमा छाडा पशुचौपाया व्यवस्थापन गर्न उपमहानगरले खासै पहल गरेको देखिदैन पटक–पटक यै बिषयमा कुराहरु उठ्ने गर्छ तर उपमहानगरपालिकाले किन ध्यान दिन सक्दैन तुलसीपुरमा व्यवसाय गर्दै आएका कुल बहादुर बस्नेतले गुनासो गरे । बजारमा तरकारी पसल गरेर बसेका व्यापारीहरूले छाडा चौपायाले सास्ती दिइरहेका गुनासो गर्ने गरेका छन् । तरकारी पनि खाएर दुःख दिने गरेको उनीहरुको भनाइ छ । छाडा चौपायाले दिउँसोको समयमा बजार क्षेत्रमा आतंक मच्चाउने र राति बजार नजिकका किसानहरुको बाली नष्ट गर्ने गरेको गुनासोसमेत रहेको छ । गाईले दूध दिने बेलासम्म गोठमा बाँध्ने र दूध दिन छोड्ने बित्तिकै छाडा छोड्ने प्रवृत्तिले जिल्लाका ठूला सहरहरु आक्रान्त बनेका छन् । बजारका विभिन्न स्थानहरूमा छाडा चौपायाकै कारण सवारी दुर्घटना बढ्नुको साथै र ट्राफिक अस्तव्यस्त हुँदै आएको छ । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बीच सडक मै बस्ने गरेकोले दुर्घटना र जामसमेत बढाएको तिलक खड्काले बताए । साँघुरो सडक त्यसमाथि छाडा चौपायाको बिगबिगी, जसको कारण निकै समस्या भोग्नुपरेको उनले अनुभव छ । वर्षौँदेखिको समस्याका रूपमा छाडा चौपायाको बिगबिगी झनै बढेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here