स्थापना दिवसमा रक्तदान

मुख्य खबर समाज

घोराही, २९ साउन । नेपाल औषधी बिक्री प्रतिनिधि संघको ४९औँ स्थापना दिवसको अवसरमा दाङ युनिटले मंगलबार घोराहीमा रक्तदान गरेको छ । कार्यक्रममा दशजनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा टेकबहादुर साउद, अरविन्द चन्द, शरद अधिकारी, बालाराम शर्मा, विवेक भण्डारी, विनोद न्यौपाने, गणेश चौधरी, पिताम्बर बास्तोला, प्रेम गुरुङ र दुर्गा चौधरी रहेका छन् । दशजनाको युनिटले रक्तसञ्चार केन्द्र घोराहीमा पुगेर रक्तदान गरेका हुन् । साथै उनीहरुले घोराही बजारमा मोटरसाईकल ¥याली गरी बाह्रकुने पुगेर आफूहरुको कामको समीक्षासमेत गरेका छन् । युनिटमा आवद्ध सदस्यहरुबीच परिचयात्मक कार्यक्रम गरी सेवा प्रवाहका बारेमा समेत छलफल भएको युनिटका सहसचिव मनहरी थापाले जानकारी दिए । युनिटका अध्यक्ष सागर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष धु्रव गोराथोकी, बरिष्ठ उपाध्यक्ष सञ्जय चौधरी, सचिव बसन्त घर्ती मगर, सहकोषाध्यक्ष लिलाबहादुर वली लगायतले धारणा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *