- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरस्थापना दिवसमा रक्तदान

स्थापना दिवसमा रक्तदान

- Advertisement -spot_img

तुलसीपुर, ७ बैशाख । नेपाल विद्यार्थी संघ तुलसीपुरले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सघंले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् ।
नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरका नगर संयोजक राजिव पाण्डेको अध्यक्षता तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
समाजमा सेवामूलक काम गरौं भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेविसघंका नरेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी नेता विदुरराज गौतमले गरेका थिए ।
सघंले हरेक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दे आएको छ । साथै यही बैशाख ११ गतेदेखि देशैभर हुन लागेको नेपाली काँग्रेस जागरण अभियान दाङमा पनि हुने र उपस्थितिका लागि सबैमा अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here