- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदस्थापना दिवसमा खेलकुद

स्थापना दिवसमा खेलकुद

- Advertisement -spot_img

घोराही, १७ चैत । नेपाल पत्रकार महासंघको ६४औँ वार्षिकोत्सवको अवसरमा दाङमा विभिन्न कार्यक्रम गरिएको छ । महासंघ दाङ शाखा र नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ को संयुक्त आयोजनामा भएको स्थापना दिवसका अवसरमा पत्रकारका बीचमा मैत्रीपूर्ण खेल, निःशुल्क आँखा चेकजाँच तथा स्वास्थ्य शिविर, महिला पत्रकारको घैटाफोड प्रतियोगिता र कुर्सी दौड प्रतियोगिता भएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो ।
प्रेस स्वतन्त्रता सेनानी गौतमले महासंघको गौरवमय इतिहासलाई काम राख्न पत्रकारले ध्यान दिनुपर्ने बताए । पत्रकार महासंघको ६४ बर्षीय गौरवमयी इतिहासको पछिल्लो कालखण्डमा पत्रकारिता पेसाप्रति आँच आउने गतिविधि आएको भन्दै पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष गौतमले त्यसप्रति महासंघको नेतृत्वमा बस्नेहरु सचेत रहनुपर्ने बताएका थिए ।
स्वास्थ्य शिविरमा ६५ जना पत्रकारहरुको आँखा चेकजाँच गरिएको थियो । त्यस अवसरमा पत्रकारका आँखा टाढा नदेख्ने, आँखामा बोसो पलाएको, आँखा चिलाउनेलगायतका समस्या देखिएको थियो ।
आँखामा बढी समस्या देखिएका बिरामीहरुलाई आँखा अस्पताल गएर चेक गराउन आग्रह गरिएको थियो । त्यस्तै केही पत्रकारहरुमा प्रेसको समेत समस्या देखिएको थियो । निःशुल्क आँखा जाँच तथा स्वास्थ्य शिविर नेत्रज्योति संघ र गोर्खा हस्पिटलको सहयोगमा गरिएको थियो ।
त्यस्तै घोराहीको भरतपुर खेल मैदानमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिता रेडियो तथा टिभीमा कार्यरत पत्रकारहरुको टिम बिजयी भएको छ । चार पत्रकारहरुको टिमले सहभागिता जनाएको प्रतियोगितामा पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको टिमलाई ० का विरुद्ध एक गोल गर्दै रेडियो तथा टिभीमा कार्यरत पत्रकारको टिम बिजयी भएको हो ।
जसको जितका लागि कपिल लामिछानेले एक गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको टिमका खेलाडीहरुले चार्ज गरे पनि गोलकिपरले रोक्न सफल भएका थिए ।
त्यस अघि भएको सेमिफाइनल खेलमा रेडियो तथा टिभीमा कार्यरत पत्रकार समूह अनलाइनमा कार्यरत पत्रकार समूह र पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको समूह नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ समूहलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
दाङ जिल्ला फुटवल संघ र नेपाल मगर संघ दाङको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा डिएन दाहाल, शिवहरी शर्मा, खुम बहादुर वली र विनोद विकले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा प्राथमिक उपचारको व्यवस्था संगम पोलिक्लिनकमा श्याम गिरीले गरेका थिए ।
त्यस्तै महिला पत्रकारका लागि गरिएको घैटाफोड प्रतियोगितामा नारायणी रजौरे प्रथम भएकी थिइन । त्यस्तै कुर्सी दौड प्रतियोगिता अञ्जना चौधरी प्रथम, निरला अर्याल द्वितीय र अमिता चौधरी तृतीय भएका नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भूपेन्द्र वलीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here