स्थानीय तहमा उद्धारकर्ता

फिचर मुख्य खबर

घोराही, १२ चैत । विपदको जोखिमलाई न्यूनीकरण गर्न र विपदपछि तत्काल समुदायमा सक्रिय भएर उद्धार गर्ने उद्देश्यले दाङका स्थानीय तहहरुमा विपद उद्धारकर्ता उत्पादन भएका छन् । दाङका आठ स्थानीय तहमा विपद् उद्धारकर्ता उत्पादन गरिएको हो ।
स्थानीयस्तरमा विपद आउँदा तत्काल उद्धार गर्न, क्षति हुनबाट जोगाउन स्थानीय तहहरुमा सामुदायिक उद्धारकर्ताहरु उत्पादन गर्न लागिएको हो । बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका बाहेकका आठ स्थानीय तहमा विपद उद्धारकर्ता उत्पादन भएका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्वारा सञ्चालित विपद पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाअन्तर्गत स्थानीय तहहरुमा समुदायिक विपद उद्धारकर्ता उत्पादन गरिएको सवलीकरण परियोजना संयोजक सन्तोष ढकालले जानकारी दिए ।
विपद जुनसुकै समयमा पनि आउन सक्ने भएकाले त्यसको पूर्व तयारी अनुसार विपद् उद्धारकर्ता निर्माण गर्न अहिले आवासीय तालिम सुरु गरिएको विपद प्रतिकार्यका लागि सामुदायिक पहलका तालिम संयोजक तीर्थराज पाण्डेयले बताए ।
विपद ब्यवस्थापन र विपद पूर्वतयारीका लागि पहिलो साथी समुदाय भएको हुँदा समुदायमा नै उद्धारकर्ता उत्पादन गरिन थालेको पाण्डेयले बताए । शनिबारदेखि सुरु भएको विपद उद्धारकर्ता तालिममा स्थानीय तहमा विपद ब्यवस्थापन समितिका फोकल पर्सन, समुदायका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरु सहभागी छन् ।
उद्धारकर्ताहरुले विपदको पूर्व सूचना दिनेदेखि विपद आइसके पनि आपतकालिन अवस्थामा जोखिममा रहेका ब्यक्तिहरुलाई उद्धार र सहयोग गर्ने छन् । उद्धारकर्ताहरुले सबैखालको विपदमा कसरी उद्धार गर्न सकिन्छ ? विपदको कस्तो सजकता अपनाउनुपर्छ ? घाइते अपाङ्ग बालबालिका वृद्धलाई कसरी सुरक्षित स्थानसम्म पु¥याउनेलगायतका विषयमा प्रशिक्षित गरिएको छ ।
उनीहरुलाई सबै विषयमा आधारभूत ज्ञान सिकाएर समुदायमा पठाइने प्रशिक्षक खिलानाथ दाहालले बताए । उनले तालिममा ८० प्रतिसत प्रयोगात्मक रुपमा सिप सिकाइने र २० प्रतिसत सैद्धान्तिक ज्ञान उदारकर्ताहरुलाई प्रदान गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *