Wednesday, April 17, 2024
Homeमुख्य खबरस्थानीय तहका उम्मेदवारलाई चुनाव चिन्ह

स्थानीय तहका उम्मेदवारलाई चुनाव चिन्ह

- Advertisement -spot_img

घोराही, २ मंसिर । मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरिएको छ । दाङसहित ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका उम्मेदवारहरूलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको हो ।
आइतबार चुनाव चिन्ह पाएसँगै उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचार प्रसारमा खटिएका छन् । दाङका घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । उपनिर्वाचनमा पाँच राजनीतिक दल र दुईजना स्वतन्त्र गरी सातजना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई सूर्य, नेपाली काँग्रेसका ताराबहादुर डिसीलाई रूख, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसीलाई गाई, समाजवादी पार्टीका विमला पुनलाई पाँच औला भएको चिन्ह र मंगोल नेशनलका उम्मेदवार पहलमान आले मगरलाई कुखुराको भाले चिन्ह प्रदान गरिएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीलाई हात मिलाएको चुनाव चिन्ह प्रदान गरिएको छ भने अर्का स्वतन्त्र उम्मेदवार समीर वलीलाई चिल चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । वडा नम्बर १६ मा चार हजार ४ सय ५३ मतदाता रहेका छन् । निर्वाचनका लागि २ मतदान स्थल र ५ मतदान केन्द्र निर्धारण भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here