स्थानीयले गरे गोरु नियन्त्रण

फिचर समाज

देउखुरी, २६ मंसिर । दाङको देउखुरीमा तस्करी गरेर लगेको आरोपमा आठवटा गोरु र गोरु ओसार पसारमा प्रयोग भएका दुई व्यक्तिजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । देउखुरीको असानीमा लुकाएर राखेका आठवटा गोरु लमहीतर्फ ल्याउँदै गर्दा लमही नगरपालिका वडा नम्बर ७ को कमानपुरमा स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
गोरु ओसार पसारमा सलंग्न रहेका दुईजना बालकलाई पनि स्थानीयले नियन्त्रणमा लिएका छन् । लमही नगरपालिका वडा नम्बर ४ का १३ बर्षिय बालक सागर कुमाल र सोही वडाको बेलन डाँडाका १४ बर्षिय सलमान खान (ललुवा)लाई गोरुसहित स्थानीयले नियन्त्रणमा लिएका हुन् । लमही नगरपलिका वडा नम्बर ८ को असानीमा लुकाएर राखेका गोरुहरु राप्ती नदीको किनार हुँदै लमहीसम्म पु¥याउन आफूहरुलाई एक व्यवसायीले पाँचसय रुपैयाँ दिएपछि गोरु लिएर जान लागेको नियत्रन्णमा रहेका बालकहरुले बताएका छन् । पटक–पटक नियन्त्रणमा लिएका गोरुहरु र ओसारपसारमा सलंग्न ब्यक्तिहरुलाई स्थानीय प्रशासनले कुनै कारबाही नगरेर छोडेको भन्दै त्यहाँका स्थानीयले आक्रोशसमेत ब्यक्त गरेका छन् । तस्करमा सलंग्न भएका ब्यक्तिलाई कारबाही गर्नुको साटो त्यत्तिकै छोड्दा कतै प्रहरी प्रशासनको मिलेमतोमा भएको त हैन ? भनेर स्थानीयले शंका गर्न थालेको एक स्थानीयले बताए । कमानपुरमा नियन्त्रणमा लिएका गोरुहरु स्वर्गद्वारी सामुदायिक वनको कान्जी हाउसमा राखिएको छ भने गोरु लिएर आएका दुई बालकलाई छोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *