Thursday, April 18, 2024
Homeमुख्य खबरस्थानीयतहमा कमिटी गठन

स्थानीयतहमा कमिटी गठन

- Advertisement -spot_img

घोराही, २२ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ जिल्लाले दशवटै स्थानीय तहमा आफ्नो कमिटी गठन गर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपाल घरेलु तथा साना उद्योग महासंघको संशोधित विधान अनुसार दशवटै स्थानीय तहमा आफ्नो कमिटी गठन गर्न लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ जिल्लाका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिएका छन् ।
महासंघको बैठकले दशवटै स्थानीय तहमा आफ्नो कमिटी गठन गर्न महासंघका बरिष्ठ उपाध्यक्ष लव अधिकारीको अध्यक्षतामा आठ सदस्यीय तयारी कमिटी गठन गरेको छ ।
बैठकले जिल्लाका घरेलु तथा साना उद्योगहरुको प्रोफाइल तयार गर्ने, महिला कर्जा, कृषि कर्जा, महिला उद्यमशीलता कर्जाको लागि सरोकारवालाहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल घरेलु तथा साना उद्योग माहासंघ दाङ जिल्लाका उपाध्यक्ष शशिधर ओलीको ममतामयी आमाको निधनप्रति शोक प्रस्ताव पारित गरेको गरेको छ ।
बैठक जिल्ला अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर ५ का सचिव किरण कुमार रेग्मीको विशेष उपस्थितिमा भएको थियो ।

नयाँ कार्यसमिति विस्तार

यसैबीच विपी विचार राष्ट्रिय समाज दाङको नयाँ कार्यसमिति विस्तार गरिएको छ । विपी विचार राष्ट्रिय समाज दाङको अध्यक्ष रमेश कुमार पाण्डेको अध्यक्षतामा बसेको बैठक पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति विस्तार गरेको हो ।
जसको सभापति रमेश कुमार पाण्डे, उपसभापतिमा कृष्णबहादुर केसी, सचिवमा रुपलाल बस्नेत, सहसचिव तुल्सीराम भुसाल, कोषाध्यक्षमा लक्ष्मी थापा रहेका छन् ।
सदस्यहरुमा दयाराम यादव, प्रकाश चौधरी, कृष्ण शर्मा, पार्वता भुसाल, अशोक यादव, रोमहर्ष खनाल, पूर्णबहादुर मल्ल, टंकप्रसाद ज्ञवाली, सतिस आचार्य, शान्ता घिमिरे, डास बहादुर डाँगी, अणु खनाल, बसन्तराज सुवेदी, तिलक केसी, रमेश कुमार आयार्च, लोक बहादुर थापा, विन्द पाण्डेलगायतका रहेका छन् । साथै बैठकले ९ सदस्यीय सल्लाकार चयन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here