सेवा प्रवाह चुस्तदुरुस्त राख्न अनुगमन

मुख्य खबर समाज

मसुरीया (दाङ), ११ कात्तिक । राप्ती गाउँपालिकाले वडाहरुको शुक्रबार अनुगमन गरेको छ । राप्ती गाउँपालिकाले सेवा ग्राहीलाई सेवा चुस्तदुरुस्त रुपमा प्रदान गर्ने कार्यलाई वडागत रुपमा तीब्र बनाउँदै लैजान शुक्रबार अनुगमन गरेको हो । राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल लगायतको टोलीले प्रथम चरणमा वडा नम्बर ३, ४, ५, ६, ७ र ८ को अनुगमन गरेकोे हो । अनुगमनको क्रममा प्रत्येक वडामा वडागत रुपमा सेवा लिन आएका नागरिक, सेवाग्राहीलाई तपाईलाई सेवा लिन कुनै समस्या केही परेको छ की भनेर समेत सोधिएको थियो । शुक्रबार गरिएको अनुगमनमा भेटिएका केही समस्यालाई जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट सुल्झाउँदै जाने र हुन र गर्न बाँकी काम आगामी आइतबारसम्म सुधार गरिसक्न निर्देशन तथा आग्रह गरिएको छ । अनुगमनको क्रममा प्रत्येक वडामा नागरिकलाई जनप्रतिनिधि तथा कर्मचारीहरुले कसरी सेवा तथा सुविधा दिइरहेको अवस्था छ ? प्रशासनिक कार्य कसरी सञ्चालन भैैरहेको छ ? कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थितिको अवस्था के छ ? विकास योजनाको सम्झौता भए नभएको अवस्था, योजना सम्पादनको अवस्था, कुल योजनाहरुको प्रगति अवस्था, सरकारी सम्पत्तिको संरक्षणको अवस्था, जिन्सी खाता तथा आम्दानीको अवस्था, वडामा घर नक्सा अभिलेखीकरणको विवरण, निवेदन दर्ता संख्या, सूचना प्रकाशन गरिएको अवस्था, सेवाग्राहीसँगको समन्वय अवस्था, वडागत रुपमा घर नक्सा पासको अवस्था, वडाको वित्तीय प्रगति, भौतिक प्रगति र हालसम्मको राजस्व जम्माको अवस्था लगायतको बारेमा सोधी खोजी गरिएको थियो ।
राप्ती गाउँपालिकाले विषयगत शाखाहरुलाई समेत पत्राचार गरी समयमै यस आर्थिक वर्षको कार्यक्रम तथा योजनासमेत सम्पन्न गर्दै जानसमेत निर्देशन गरेको र यस आर्थिक वर्षमा समयमै योजना तथा कार्यक्रमहरु गुणस्तरीय तथा प्रभावकारी रुपमा सम्पन्न गरिने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *