- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरसेवा प्रदायकको पहिचान नागरिकले गर्न सकेनन्

सेवा प्रदायकको पहिचान नागरिकले गर्न सकेनन्

- Advertisement -spot_img

तुलसीपुर, ४ कार्तिक । सेवाग्राहीले सेवा प्रदायकको पहिचान गर्न नसक्दा न्याय र सुरक्षामा पहुँच हुन अझै सकेको छैन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ हेमन्तापुरमा आईतबार ‘न्याय र सुरक्षासम्बन्धी सेवाप्रदायक र समुदायबीचको सार्वजनिक संवाद’ कार्यक्रममा सहभागीहरूले बताएका हुन् ।
लैङ्गीक विभेद न्यूनीकरण, महिला हिंसा, घरेलु हिंसा, लेनदेन, जग्गा खिचलो, ठगी, चेक बाउन्स लगायत कयौँ सवालमा कुन सेवा प्रदायक निकायमा जाने भन्ने अन्यौलता सेवाग्राहीमा अझै पनि कायम रहेको बताएका हुन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको न्यायीक समितिका सदस्य जानका रेग्मीले संविधानको धारा २१७ को धारा ४७ (१) मा १३ वटा विवादको निरूपण गर्ने र सोही धाराको ४७ (२) मा ११ वटा विवादहरूमा मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण गर्ने अधिकार दिएको जानकारी दिइन् । उनले महिला, बालबालिकाहरूका लागि न्याय सम्पादन गर्दा विशेष ब्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भीमबहादुर कार्कीले महिला र बालबालिकाको सवालमा प्रहरी पोशाकबिना अनुसन्धान र कारवाही गर्ने ब्यवस्था रहेको जानकारी दिए ।
कुनै पनि प्रहरी अधिकारीले प्रहरी पोशाकबिना छानबिन र अनुसन्धान गर्ने गरेको बताए । उनले प्रहरीको क्षेत्राधिकारको बारेमा जानकारी दिदै ठगी सम्बन्धी विवादमा प्रहरी कार्यालयबाट निरूपण हुन नसक्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का अध्यक्ष माधव वलीले जनप्रतिनिधि र राजनीतिककर्मीले पहँुच देखाएर नागरिकको नजिक हुने परम्पराको अन्त्य हुन थालिसकेको दावी गरे ।
अब नागरिकहरूको सुख दुःखमा साथ दिने जनप्रतिनिधि र राजनीतिककर्मी मात्र लोकप्रिय हुने उनले बताए । कानुन ब्यवसायी सालिकराम रेग्मीले अंश, जग्गा खिचलो, बाउन्स चेक, सम्बन्ध बिच्छेद, ठगी लगायतका कानुनी ब्यवस्थाका बारेमा जानकारी गराएका थिए ।
वडा नम्वर ७ का सदस्य धनबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नरेन्द्र पोख्रेल, भोजराज वली, चित्रा धिताल, पदमबहादुर डाँगी, शान्ता पोख्रेलले न्याय र सुरक्षाको क्षेत्रमा राजनीतिक प्रभाव पर्न नहुने बताए । संस्थाका प्रतिनिधि देवका पोख्रेलले स्वागत मन्तब्य र सहजीकरण पत्रकार सुशील बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here