सेवा निवृत्त शिक्षक सम्मानित

मुख्य खबर समाज

घोराही, ३१ बैशाख ।
घोराही–१० नारायणपुरमा सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको छ । नारायणपुर स्रोतकेन्द्र स्तरीय परीक्षा समितिको आयोजनामा सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको हो । नारायणपुर स्रोतकेन्द्र स्तरीय परीक्षा समितिका अध्यक्ष एवं सेवा निवृत्त शिक्षक सम्मान समितिका संयोजक विन्दु आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
स्रोतकेन्द्रबाट अनिवार्य अवकासमार्फत सेवा निवृत्त भएका दशजना शिक्षकलाई आइतबार सम्मान गरिएको हो । नारायणपुर स्रोतकेन्द्र चिन्ताबहादुर बुढाथोकी, गोकर्ण खनाल, दुर्गाप्रसाद सुवेदी, बामाचरण आचार्य, भवानीप्रसाद पोख्रेल, ढालबहादुर बुढाथोकी, कृष्णप्रसाद गौतम, पद्मप्रसादशर्मा र माया थापालाई सम्मान गरिएको हो ।

प्रारम्भिक कक्षा पढाइ तालिम

यसैबीच घोराही उपमहानगरपालिका शिक्षा शाखाको आयोजनामा आइतबारदेखि स्रोतकेन्द्र नारायणपुरमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमसम्बन्धी तालिम सुरु भएको छ । दश दिनसम्म सञ्चालन हुने जनाइएको छ । मावि नारायणपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकीको अध्यक्षता एवं शिक्षा शाखा प्रमुख नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
साविक नारायणपुर, ढिकपुर, हापुर र धर्ना गाविसका गरी ३० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा मावि भरतपुरका शिक्षक मदन सुवेदी र मावि नारायणपुरका शिक्षक भूपबहादुर रावत रहेका छन् । प्रशिक्षक मदन सुवेदीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक भूपबहादुर रावतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *