सेटिङमा मल

फिचर मुख्य खबर

घोराही, २ साउन । ‘सर गोदाममा मल आएको छ । टेक्टरका टेक्टर लोड भईरहेको छ । भन्दिनु प¥यो’ एकजना पावरवाला व्यक्तिले फोनमा यसरी नै मलको लागि कुनै व्यक्तिसँग सोर्स लगाईरहेका थिए ।
घोराहीको कर्मचारी मिलन केन्द्र अगाडि रहेको साल्ट टे«डिङ कर्पोरेशनको गोदाममा मल आएको थियो । मल लिनको लागि कृषकहरुको भिड लागेको थियो भने सहकारीमा जाने मलको लोड भईरहेको थियो । त्यसैक्रममा एकजना व्यक्तिले फोनमा कसैलाई मल मिलाई दिनको लागि सोर्स लगाईरहेको अवस्था पनि देखिन्थ्यो ।
‘तपाईले एकपटक फोनमा भन्दिनु प¥यो, नत्र मल पाइएला जस्तो छैन’ उनले फोनमा फेरी भने ‘अब एक, टेक्टर भए पुग्छ ।’ ति व्यक्तिले कहिले कसैलाई त कहिले कसलाई फोन लगाइरहेका थिए ।
‘तपाईले फोन गरिदिएपछि बल्ल मल पाईयो’ अर्का व्यक्तिले खुशी हुँदै भने । फोनमा धन्यवाद दिदै उनले भने ‘नत्र मल कहाँबाट पाउनु ?’ मल कम कृषकहरु धेरै थिए त्यहाँ । मल पाईने हो कि होइन भन्ने चिन्तामा थिए ।
तर कोही कोही भने मल पाएको फोन गर्दै धन्यवाद दिईरहेका थिए । भने कोहीले मलको लागि सोर्स लगाईरहेका थिए । कोही कृषक भने मल लिनको लागि टेम्फोदेखि टेक्टर रिजर्भ गरेका थिए ।

पावर र पहुँच हुने सहकारी तथा कृषकहरुले मात्र मल पाउने गरेको गुनासोसमेत आउने गरेको छ । बुधबार घोराहीमा आएको डिएपी मल वितरणमा सहकारी तथा कृषकहरुमार्फत नभई सेटिङको आधारमा वितरण भईरहेको गुनासो गरेका थिए ।

‘हामी बिहानैदेखि आएका हौँ, हाम्रो पालो आएको छैन’ कृषक महेश चौधरीले भने, ‘टेक्टरमा लोड गरिहेका छन्, हामीलाई त पुग्दैन होला ?’ ‘ठूला–ठूला व्यक्ति आउछन्, के–के कुरा गर्छन, टेक्टरमा लोड गरेर लग्छन्, हामीले सोध्दा तपाईको पालो आउँदैछ भनेर फर्काउछन्’ उनले भने । राजनीतिक दलका नेताहरु आएर नै आफू अनुकूल व्यक्तिहरुले लिस्ट दिएर गएकोसमेत त्यहाँ आएका किसानहरुले शंका गरेका थिए ।
त्यहि अनुसार मल वितरण भईरहेको उनले बताएका थिए । साउनको महिना शुरु भएको छ । तर यहाँका किसानहरुले मल पाएका छैनन् । खेतमा राखिएको बीउ छिपिएर पहेला भईसकेका छन् भने कतिपय किसानहरुले बीउ छिपिन थालेपछि विना मलको पनि धानको बीउ रोपेका छन् ।
घोराहीमा मल वितरण हुने कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशन हुन् । तर फाटफुट रुपमा मात्रै मल आउने गरेको छ । जसले गर्दा किसानहरुले पर्याप्त मल पाउन सकिरहेका छैनन् ।

पावर र पहुँच हुने सहकारी तथा कृषकहरुले मात्र मल पाउने गरेको गुनासोसमेत आउने गरेको छ । बुधबार घोराहीमा आएको डिएपी मल वितरणमा सहकारी तथा कृषकहरुमार्फत नभई सेटिङको आधारमा वितरण भईरहेको गुनासो गरेका थिए । यो विषयमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख आन्नदकुमार न्यौपानेले सहकारीमार्फत मल वितरण भईरहेको बताउँछन् ।
बुधबार घोराहीमा १ हजार ७ सय बोरा डिएपी मल आएको उनले जानकारी गराए । ‘यो मल कृषकहरुको लागि पर्याप्त होइन्’ प्रमुख न्यौपानेले भने ‘कृषकहरुलाई समय मै मल पु¥याउन सकिरहेको छैन्, माग धेरै छ ।’
मल माग गरेका किसानहरुको लागि प्रत्येक सहकारीहरुलाई २० बोरा वितरण गरिएको उनले बताए । ‘हामीले सहकारीमार्फत मल वितरण गर्छौ’ उनले भने ‘उहाँहरुले कसरी वितरण गर्नुहुन्छ, उहाँहरुमा भर पर्छ ।’ कुनै सेटिङ र भनसुनको आधारमा मल वितरण नगरिएको उनको दावी छ ।
सबै किसानहरुलाई केही भएपनि राहत होस् भनेर प्रत्येक सहकारी २० बोरा मल वितरण गरेको उनले जानकारी गराए । मलको बारेमा बुझ्न खोज्दा कृषि सामाग्री केन्द्रको फोन भने सम्पर्क हुन सकेन । केन्द्रमा भने मलको अभाव छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *