सूचना प्रविधि समाज गठन

मुख्य खबर समाज

तुलसीपुर । दाङमा सूचना प्रविधि समाज गठन भएको छ । सूचना प्रविधि विज्ञहरुको तुलसीपुरका शनिबार भएको भेलाले जिल्ला समिति गठन गरेको हो । शिशिर पौडेलको अध्यक्षमा गठित समितिको उपाध्यक्षमा रोमकान्त शर्मा, सचिव बुद्धिराज पौडेल, कोषाध्यक्ष प्रशंसा देवकोटा, सदस्यहरुमा यम सोती, मदन लामिछाने, प्रशित आचार्य रहेका छन । दाङका विभिन्न सरकारी तथा गैरसरकारी, कार्यालहरुमा कार्यरत आईटी इन्जिनियरहरुको भेलामा सहभागिता रहेको थियो ।
सूचना प्रविधि समाज नेपालका केन्द्रीय सचिव युवराज आचार्यको अध्यक्षतामा तथा सूचना प्रविधि समाजका निवर्तमान महासचिव घनश्याम खनालले प्रमुख आतिथ्यतामा भएको भेलामा बोल्दै खनालले पछिल्लो समय बढ्दै गएको सूचना प्रविधिलाई उपयोग गर्नसके गुणात्मक रुमपा समाजले फड्को मार्ने बताए । प्रविधिलाई अङ्गाल्ने देशहरु आर्थिक, सामाजिक, राजनैतिक, हरेक दृष्टिकोणले अगाडि रहेको भन्दै खनालले पछिल्लो समय नेपालमा पनि यसको प्रयोग बढ्दै गएको बताए ।
यसैबीच शनिबार बसेको सूचना प्रविधि समाज दाङ जिल्ला कार्यसमितिको पहिलो बैठकले आगामी असार ९ गते तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हरेका विद्यालयका शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रणाली र साइबर क्राइमका विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *