सूचना प्रविधि प्रभावकारी बनाउन छलफल

मुख्य खबर समाज

घोराही, २२ मंसिर । सरस्वती माध्यमिक विद्यालयमा सूचना प्रविधिलाई प्रभावकारी बनाउनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको उक्त विद्यालयमा सञ्चालित डिप्लोमा तहको सूचना प्रविधि (आइटी) कक्षालाई थप प्रभावकारी बनाउनका अन्तरक्रिया भएको हो ।
कार्यक्रमका सहभागीहरूले नयाँ विषयका रूपमा विद्यालयले सञ्चालन गरेको आइटी कक्षालाई थप प्रभावकारी बनाई सञ्चालन गराउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । विद्यालयमा कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला थप तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल तथा सहमति भएको छ ।
उक्त अवसरमा वडा अध्यक्ष रमेशकुमार पाण्डेयले आइटी कक्षालाई थप प्रभावकारी बनाउनका लागि वडा कार्यालयले कम्प्युटर प्रयोगशालामा कम्प्युटर लगायतका सामान थप गर्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले कक्षालाई बढी प्रयोगात्मक र सिकाइ केन्द्रित बनाइ उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले विद्यालयकै पहिचान रहने गरी ल्याइएको युग सुहाउँदो नयाँ विषयलाई अझ प्रभावकारी बनाइ सञ्चालन गर्नका लागि विद्यालय प्रशासनले योजनावद्ध ढङ्गले लागेको बताइन् ।
विद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्णा रानाको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डे, विद्यालय ब्यवस्थापन समितिका सदस्य, विद्यालय प्रशासनका पदाधिकारी, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *