सूचना तथा सञ्चार प्रविधि दिवस

फिचर समाज

शान्तिनगर, २० बैशाख । दाङको शान्तिनगर गाउँपालिकामा बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ मा रहेको विपी माध्यमिक विद्यालय बयालेमा एक कार्यक्रम गरी दिवस मनाईएको हो ।
‘डिजिटल नेपाल, विकास र समृद्धको आधार’ भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा गाउँपालिकाले विद्यार्थीलाई सूचना प्रविधिकाबारे जानकारी गराएको छ ।
कार्यक्रममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत रविन रेग्मीले विद्यार्थीलाई गभरनेन्स परिचय, आवश्यकता र महङ्खवको बारेमा विद्यार्थीलाई जानकारी गराए  ।
उनले विद्यार्थीलाई पाइरेसी सफ्टवेयर र ओपन सोर्सको बारेमा जानकारी गराउँदै इन्टरनेटमा आफूलाई चाहिएको सामाग्री खोज्ने तरिकाहरु, कम्प्युटरको विभिन्न भागलाई कसरी जडान गर्नेलगायतका विषयमा जानकारी गराएका थिए ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका रोजगार संयोजक निमराज सापकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *