सुशासनको अभियानमा सहकारी

मुख्य खबर

तुलसीपुर, ३० फागुन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का केन्द्रीय अध्यक्ष डिवि बस्नेतले सहकारी अब आर्थिकको सँगसँगै सामाजिक, सांस्कृतिक एवं सुशासनको लागि अभियान थालेको बताएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाले बुधबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै अब बचत तथा ऋण सहकारीले ग्रामीणस्तरमा पनि सहकारीले गरेको योगदानको चर्चा गर्दै उक्त कुरा बताएका हुन् ।
सहकारीले विना धितो ऋण उपलब्ध गरेको उल्लेख गर्दै अब देशको समृद्धिमा पनि उल्लेखनीय योगदान रहेको भन्दै हजारौं युवालाई रोजगारी पनि प्रदान गरेको छ भन्दै प्रमुख अथिति बस्नेतले अब सहकारीलाई उद्यमशील र उत्पादनशील कार्यमा जोड्दै लग्नु पर्ने कुरामा जोड दिए ।
नेफ्स्कुनमा १३ हजार बचत तथा ऋण सहकारी संस्था आवद्ध भएको जानकारी गराउँदै अध्यक्ष बस्नेतले देशको अर्थतन्त्रमा ३५ लाख नागरिकलाई सेवा प्रदान गरेको बताए ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हुमा डिसीको स्वागत मन्तब्यबाट सुरु भएको पत्रकार कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय उपाध्यक्ष परित्वस पौडेलले अब देशको समग्र विकासमा सहकारीको महङ्खवपूर्ण भूमिका रहेको बताए ।
अझै पनि ग्रामीणस्तरमा सहकारीको बारेमा सही सूचना, तालिम र शिक्षाको अभाव रहेको भन्दै यसबारे व्यापक जानकारी हुनपर्ने कुरामा जोड दिए । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सदस्य दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।

प्रदेश ५ का जिल्ला सहकारी अध्यक्ष दाङमा

यसैबीच ५ नम्बर प्रदेशका जिल्ला सहकारीका अध्यक्ष र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ५ नम्बर प्रदेशका उपसमितिका सदस्यहरु पनि दाङ जिल्लामा आएका छन् । प्रदेश नम्बर ५ को नियमित बैठकका लागि दाङ जिल्लामा आएको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपबहादुर खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *