- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरसुलभ शुल्कमा गुणस्तरीय शिक्षा

सुलभ शुल्कमा गुणस्तरीय शिक्षा

- Advertisement -spot_img

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । पछिल्लो समय युवा पुस्ताको हातमा शिक्षण संस्थाका नेतृत्व आइरहेको छ । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा शान्तिदिप इङ्लिस बोर्डिङ स्कुल तुलसीपुर–८ दुधेना, दाङका प्रिन्सिपल गोविन्द बहादुर शाह सँग गरिएको कुराकानीको सारसंक्षेप ।


नयाँ शैक्षिक शत्र सुरु हुँदैछ, योजना के छ ?

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यही बैशाख २ गतेदेखि नयाँ भर्ना खुल्ला गरिएको छ । खासगरी यो वर्ष हामीले सानो कक्षालाई विशेष प्राथमिकतामा राख्दै मन्टेश्वरी माध्यममा यसका लागि आवश्यक पर्ने सम्पूर्ण खेलकुदका सामाग्रीहरुको विशेष व्यवस्थापन गरिएको छ ।
विद्यालयका शिक्षक शिक्षिकाहरुलाई अध्ययन अध्यापनका लागि प्रशिक्षित गरिसकेको छ । यस्तै विद्यालयको भौतिक पूर्वाधारहरुलाई थप गर्दै पठनपाठनलाई चुस्तदुरुस्त बनाउनका निम्ति सम्पूर्ण तयारी पुरा भईसकेको छ ।
अहिले हामी प्रयोगात्मक शिक्षा, प्रोजेक्ट वर्क विधिमार्फत पठनपाठन गर्नु गराउनुका साथै विद्यालयका हरेक गतिविधिहरुलाई सफ्टवेयर विधिबाट सञ्चालन गरेका छौँ ।
साथै अभिभावकहरुले आफ्ना बालबालिका अवस्था कस्तो छ, विद्यालयमा नियमितता, परीक्षाको प्राप्ताङ्क, भुक्तानी गर्नुपर्ने रकम, आवश्यक पर्ने सूचना सबै मोवाइलबाटै हेर्न र सूचना दिन सकिने प्रविधिको समेत व्यवस्था गरिएको छ ।

निजी शिक्षण संस्थाहरु सेवामुखीभन्दा फाइदामुखी बढी भएको देखिन्छ, किन यस्ता भएका होलान ?

निजी विद्यालयको बारेमा जसरी बाहिर कुरा गरिन्छ नि, व्यवहारिक रुपमा त्यस्तो नाफामुखी हुँदैनन् जस्तो लाग्छ मलाई । किनभने हामीले शुल्क पनि त्यति धेरै राख्न पाउँदैनौं ।
शिक्षक कर्मचारीहरुलाई पनि राम्रै सेवा सुविधा दिनुपर्ने,त्यसैमाथि विद्यालयको आन्तरिक खर्च पनि हुने गर्दछ । तीन जनामध्ये एकजनालाई छुट, गरिब, विपन्न, शारीरिक अशक्तहरुलाई सहुलियत दरमा पठनपाठन गराउनु पर्ने हुन्छ ।
त्यस्तै अशक्त, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने भएकाले त्यस्तो नाफामुखी हुँदैनन् । बरु मैले सबैलाई सल्लाह दिदै आएको छु, की अब निजी विद्यालयमा भन्दा कृषि, व्यवसाय, उद्योगमा लगानी गर्नुस् त्यसबाट बढी मुनाफा आर्जन गर्न सकिन्छ ।
सामुदायिक विद्यालयमा जस्तो राज्यले दिने सेवा सुविधा निजी विद्यालयमा केही पनि हुँदैन । आजको युगमा प्रतिस्र्धात्मक तरिकाले निजी विद्यालयहरु सञ्चालन भईरहेका छन् ।
सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको खोजीमा अभिभावकहरु हुन्छन् । त्यसैले सवै सेवा सुविधाको विस्तार, प्रविधियुक्त गुणस्तरीय शिक्षा, भौतिक संरचना आकर्षक सबै विद्यालयले व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले निजी विद्यालयहरु त्यस्तो नाफामुखी हुँदैनन् ।

विद्यार्थीमा संस्कार, संस्कृति, परम्परा आदरसम्मान हरायो भन्छन् के सत्य हो ?

अहिले प्रविधिको युगमा विद्यार्थीहरु धेरै चलाख भएका छन् । हाम्रा विद्यालयमा संस्कारयुक्त शिक्षामा विशेष जोड दिईने भएकाले आदर सम्मान, बोली, भाषा र सिष्टता राम्रो छ । तर पनि यस्ता कुराहरुलाई विद्यालयले मात्र सिकाएर पूरा हुने होइन । यसका लागि पारिवारिक वातावरण, समाज, साथीभाइले पनि प्रभाव पारिरहेका हुन्छन् । पहिले जस्तो संस्कार अहिले समाजमा पनि छैन र देखिदैन पनि । तर घर परिवार, समाज, विद्यालय परिवार सजक रहेर विद्यार्थीहरुलाई सही बाटोमा डो¥याउन सकिन्छ ।

यसको संरक्षणका लागि कस्ता गतिविधि विद्यालयमा सञ्चालन भइरहेका छन् ?

हाम्रो विद्यालयमा सानैदेखि नै संस्कारलाई बढी जोड दिइन्छ । अभिभावकहरुलाई पनि आफ्ना छोराछोरीलाई के कस्तो बोल्न सिकाउने ? उनीहरुको सामु कसरी बोल्ने ? कसरी आफ्ना सन्तानलाई राम्रो, सभ्य र अनुशासित बनाउन सकिन्छ ?
भनेर सचेत गराउने गरेका छौँ । शिक्षक तथा विद्यालयका कर्मचारीहरुले संस्कारयुक्त शिक्षालाई नै बढी जोड दिने भएकाले हाम्रा विद्यार्थीहरु असल र अनुशासित छन् भन्ने कुरा समाजमा सुनिन्छ ।

शान्तिदिप फरक अभियानमा छ भन्नुहुन्छ, अरुभन्दा फरक के छ ?

हाम्रो विद्यालय २५औँ वर्षमा प्रवेश गरिसक्यो । शान्त वातावरण, अनुभवी तथा दक्ष शिक्षक, विद्यालयलाई आवश्यक पर्ने पूर्वाधारको व्यवस्था, खेल सामाग्रीको व्यवस्था, कम्प्युटर ल्याव, लाईव्रेरी र विद्यालयका हरेक गतिविधिलाई प्रविधियुक्त बनाउँदै सफ्टवेयर प्रणालीबाट सञ्चालन गरिएको छ । यसलाई अझ थप व्यवस्थित बनाउने तयारीमा छौँ ।
यसर्थ पक्कै पनि हाम्रो विद्यालय अरुभन्दा फरक छ । समाजमा शान्तिदिपलाई जसरी व्याख्या गरिन्छ । यहाँ पढ्ने विद्यार्थीहरुको आचरणलाई जसरी प्रशंसा गरिन्छ  ।
त्यसै अनुसार आगामी दिनहरुमा पनि समाजले हाम्रो विद्यालयलाई छुट्टै तरिकाले चित्रण गरी सबैको मन मस्तिष्कमा रहने गरी विद्यालयको छवि बढाउने अभियानमा छौँ । जसका लागि गृहकार्यहरु सुरु भईरहेका छन् ।

विद्यालय सफ्टवेयर सिष्टममा छ भन्नुभयो यसमा के–के व्यवस्था छ ?

सफ्ट्वेयर सिष्टमबाट शुल्क भुक्तानी, विलिङ गर्न सजिलो हुन्छ । विद्यालयका हरेक कारोवार पारदर्शी हुन्छन् । अभिभावकहरुलाई एकैपटकमा सबैलाई सूचना दिन सकिन्छ ।
अभिभावकले आफ्ना बालबालिकाको परीक्षाको मार्कसिट हेर्न पाउने सुविधा रहेको छ । यस्तै विद्यालयको शुल्कको बारेमा जानकारी लिन सकिन्छ । केही सल्लाह, सुझाव दिनुप¥यो भने पनि दिन सकिन्छ ।
विद्यार्थी विद्यालयमा उपस्थित भयो या भएन, विद्यालयका हरेक गतिविधि के कसरी भईरहेको छ ? भन्ने कुराको जानकारी लिन वा दिन सकिने व्यवस्था छ ।

अहिले निजी विद्यालयमा विकृति देखिएको छ भन्छन् के हो ?

विशेषगरी काठमाडौँजस्ता ठूला–ठूला शहरहरुमा सञ्चालन भएका निजी विद्यालयहरुले मनपरी शुल्क बढाउने, पाठ्यसामाग्री र पाठ्यपुस्तक, विद्यालय पोशाक, भ्ऋब् जस्ता अतिरिक्त शीर्षकहरु बनाई मनपरी शुल्क असुल्ने गरेको सुन्नमा आउँछ ।
त्यसैको सिको गर्दै केही विकृति त भएकै होलान् तर हामी यो कुरामा एकदमै सचेत छौँ । यसका साथै हाम्रो विद्यालय एकदमै बालमैत्री छ ।

कसरी विश्वास दिलाउन सक्नुहुन्छ की हामी बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं ?

एउटा सफल विद्यालय हुनका लागि सर्वप्रथम विद्यालय बालमैत्री र गुणस्तरीय शिक्षा दिन सक्ने हुनुपर्दछ । बालमैत्री वातावरणका लागि हामी बालबालिकाको मनोभावना अनुसार पठनपाठन गराउने गर्दछौँ । जसका लागि हामीले अनुभवी र दक्ष शिक्षकहरुको व्यवस्था गरेका छौँ ।
पढ्नका लागि उत्प्रेरणा दिदै अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने गर्दछौँ । यस्तै विद्यालयको भौतिक पूर्वाधारले पनि विद्यालयका पठनपाठनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको व्यवस्था हामीले गरेका छौँ ।
बजारको कोलाहलदेखि टाढा रहेकाले हाम्रो विद्यालय अन्यभन्दा शान्त र पारिवारिक छ । प्रविधिको प्रयोग, खेल सामाग्री, पाठ्यसामाग्रीसँगै अतिरिक्त र प्रयोगात्मक तरिकाले अध्ययन अध्यापन गराउने भएकाले अन्य विद्यालयहरुभन्दा बालमैत्री र गुणस्तरीय शिक्षामा अगाडि छ । त्यसैले पनि अहिले विद्यालयमा आठसय ५० विद्यार्थीहरुले पढिरहेका छन् ।

आजभोलि धेरै विद्यालयमा युवा नेतृत्व बढी छ, तपाई स्थापनादेखि नै विद्यालयको नेतृŒव गरिरहनु भएको छ, लामो समयसम्म नेतृŒव पाउँदा सहजता असहजता के छ ?

मलाई सहजता नै छ । म खुशी पनि छु । किनकी हाम्रो विद्यालयमा निकै असल व्यवहारसँगै उर्जाशील विषयवस्तुको राम्रो ज्ञान भएका युवा शिक्षक एवं कर्मचारी हुनुहुन्छ । उहाँहरुलाई सल्लाह, सुझाव तथा मार्गनिर्देशन र उत्प्रेरणा प्रदान गर्दै विद्यालय सञ्चालनमा सहजता आएको छ । यो आफैमा विद्यालयको गौरवको विषय पनि हो । किनभने सवै विद्यालयहरुमा यस्तो वातावरण नहुन पनि सक्छ ।

अन्त्यमा तपाईले भन्न चाहेको केही छ ?

हाम्रो विद्यालयको बारेमा केही जानकारी दिन अवसर प्रदान गरेकोमा सर्वप्रथम प्रदेश टुडे परिवारलाई धेरै–धेरै धन्यावाद दिन चाहन्छु । यसका साथै नव वर्ष २०७६ सालको पावन अवसरसँगै सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी, बुद्धिजीवि, शुभचिन्तक तथा सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here