सुरू भयो सार्क

खेलकुद मुख्य खबर

काठमाडौँ, १२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद बुधबारदेखि सुरू भएको छ । बुधबार काठमाडौँमा खेलकुदको औपाचारिक उदघाटन गरिएको हो । उद्घाटनको दिन १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले सानदार सुरूआत गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट र दोस्रो सेट २५–९ ले जितेको नेपालले तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पारेको हो । १३औं सागको नेपाल रहेको महिलाको समूहमा बंगलादेश र भारत छन् । भलिबलमा भारत दक्षिण एसियाको पावर हाउस हो । भारतपछि श्रीलंकाले बलियो टिममा पर्छ । सन २०१६ को सागमा भारतले महिला तथा पुरूष दुबै इभेन्टमा स्वर्ण जितेको थियो । श्रीलंका दुबैमा रजतमा सीमित बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *