- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरसुरू भयो तिहार

सुरू भयो तिहार

- Advertisement -spot_img

दाङ, ९ कार्तिक । हिन्दुहरूको दोस्रो महान चाड यमपञ्चक अर्थात तिहार सुरू भएको छ । तिहार शुक्रबारदेखि नै सुरू भएको हो । शुक्रबार बेलुकी यमदीपदान सुरू गरेर यस वर्षको यमपञ्चक सुरू भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरू भए पनि काग तिहार कार्तिक ९ गते शनिबार आज परेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । शनिवार आज नै मनाइने छ  ।
तिथिको घटबढका कारण यस्तो भएको गौतमको भनाइ छ । कार्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरिदै छ ।
बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । गाई, गोरू र आत्म (म्ह) पूजा कार्तिक ११ गते सोमबार परेको छ ।
११ गते बिहान ९ः४३ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्नेहुन्छ । कार्तिक १२ गते मंगलबार तिहारको मुख्य दिन भाइटीका पर्व छ । बिहान ११ ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
कार्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।
सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन । यसै दिनदेखि नेपाल सम्वत ११४० सुरू हुन्छ । कार्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कार्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here