तुलसीपुर, २० कार्तिक । काठमाडाँैमा जारी नेसनल युथ बक्सिङ च्यापियनसीपमा दाङका सुरज ओली र अनिल कुमार पुन मगर फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बक्सिङ संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालित फस्ट अण्डर नाईन्टिन नेशन युथ बक्सिङ च्याम्पियनसीपको सेमिफाइनलमा ४९ केजी तौल समूहमा उदयपुरका लक्ष्मण राईलाई पराजित गर्दै दाङका सुरज ओलीले फाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै ६० केजी तौल समूहमा पाटन बक्सिङ क्लवका रयान महर्जनलाई सेमिफाइनलमा पराजित गर्दै दाङका अनिल कुमार पुनमगरले फाईनलमा प्रवेश गरेको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिए ।
दाङका सुरज ओली नक्साल बक्सिङ क्लवका खान अलिसँग फाइनलमा भिड्ने छन् भने अनिल कुमार पुनमगर बाँकेका ईन्द्र सुनारसँग भिड्नेछन् । फाईनल खेल आज बुधबार हुनेछ ।
