- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसुरक्षा र विकास निर्माण प्राथमिकता

सुरक्षा र विकास निर्माण प्राथमिकता

- Advertisement -spot_img

घोराही, २ पुस । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विकास निर्माणका कामलाई निगरानी गर्ने बताएका छन् । जिल्लाको शान्ति सुरक्षालाई कायम राख्नुको साथै विकास निर्माणका कामलाई पनि निगरानी गर्ने बताएका हुन् ।
‘जिल्लाको ढुंगाजन्य वस्तुको उत्खनन्, जुवातासलगायतका गैर कानुनी काममा प्रहरी, प्रशासन र स्थानीयतहको मिलेमतो भईरहेको छ भन्ने राष्ट्रियस्तरसम्म कुरा उठ्ने गरेको छ’ भ्रखरै दाङ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रिजालले पत्रकार सम्मेलनमा आफ्नो योजना सुनाउदै भने ‘त्यस्तो कार्य भएको संलग्नता देखियो र दुरुपयोग भएको पाईएमा जो कोहीलाई पनि कारवाही हुन्छ ।’ उनले आफ्नो कार्यकालमा विकास निर्माणको कामलाई पनि निगरानीमा राख्ने बताएका थिए । विकास निर्माणमा कामहरुमा गैर कानुनी वा अनियमितता भएको छ कि छैन भन्नेमा निगरानी गर्ने बताए । जिल्लाको शान्ति सुरक्षालाई कायम गर्नको लागि अपराधिक घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताएका थिए । जिल्लामा हुने तस्करी नियन्त्रण गर्ने, बढी सवारी दुर्घटना हुने राजमार्गलाई व्यवस्थित गर्नेलगायतका योजनाहरु रहेको बताए । जिल्लाको सुरक्षा निकायमा सुरक्षा समन्वय नदेखिएको आफूले जानकारी पाईसकेको र त्यो विषयमा सुरक्षा समितिसँग बैठक बसेर छलफल गर्ने बताए । जिल्लामा नदीजन्य वस्तुमा पहिलेदेखि नै विवाद आइरहेकाले त्यसको समाधान गरिने र दुरुपयोग गरेको पाईएमा कारवाही गर्ने बताए । सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीको समन्वय गराउने खालको बैठक राख्ने पनि उनको योजना रहेको बताए । जिल्लाको कुनै पनि विषयमा सञ्चार माध्यममा उठाइएका समाचारलाई संवेदनशीलको रुपमा लिने बताए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलप्रसाद पाण्डेले ढुंगाजन्य वस्तु उत्खनन्मा स्थानीय तह ईमान्दार भए पुग्ने बताएका थिए । ‘ढुंगाजन्य वस्तु उत्खनन् स्थानीय तह ईमान्दार हुनुपर्छ’ पत्रकार सम्मेलनमा प्रहरी प्रमुख पाण्डेले भने ‘कुनै पनि खोलामा अवैध उत्खनन् हँुदैन् ।’ पचासभन्दा बढी टेक्टरलाई अवैधरुपमा ढुंगाजन्य वस्तु उत्खनन् गरिरहेका अवस्थामा नियन्त्रण लिएको जानकारी गराए । ति टेक्टरहरुलाई जरिवाना तिराएरै छोडेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here