- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचर‘सुरक्षा पहरामा’ लोकसेवा

‘सुरक्षा पहरामा’ लोकसेवा

- Advertisement -spot_img

तुलसीपुर, ४ साउन । स्थानीय तहमा कर्मचारी ब्यवस्थापन गर्ने गरी पहिलो पटक लोकसेवा आयोगले गरेको आवेदनको परीक्षा कार्यक्रम सुरक्षाको पहरामा गराएको छ ।
लोक सेवाको विज्ञापन समावेशी नभएको भन्दै विभिन्न स्थानमा आन्दोलन हुन थालेपछि लोकसेवाको परीक्षा प्रहरी पहरामा गरिएको हो । लोकसेवा कार्यालय दाङअन्तर्गत लोकसेवा फाराम भरेका चौथो, तह, पाँचौ तह, र छैठौँ तहका परीक्षार्थीहरुले शुक्रबार र शनिवार उच्च सुरक्षा सर्तकतामा रहेर लोकसेवा परीक्षा दिएका छन् ।
यस वर्षको आयोग परीक्षा सुरक्षाकर्मीहरुको उच्च सर्तकतामा सञ्चालन गरिएको हो । आयोगले सञ्चालन गर्ने परीक्षाहरु परीक्षा केन्द्रमा सुरक्षाकर्मीको प्रतिनिधित्व मात्रै गराएर गरिदै आइएको थियो तर यो परीक्षा भने विशेषखालले सञ्चालन गरिएको छ ।
परीक्षा केन्द्र बाहिर राज्यका तीनवटै सुरक्षा निकायका हाईअलर्टमा परिचालन भएर परीक्षा गराइएको छ । जिल्ला बाहिरबाट पनि सुरक्षाकर्मीहरु बगाएर परीक्षाको सुरक्षामा खटाइएको प्रहरी स्रोतले बताएको छ ।
परीक्षालाई शान्त र मर्यादित र सुरक्षित बनाउन सुरक्षा सर्तकता बढाइएको जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले बताएका छन् । लोकसेवा आयोगले तोकेका जिल्लाका ४२ परीक्षा केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेको थियो ।

लोकसेवा कार्यालय दाङअन्तर्गत लोकसेवा फाराम भरेका चौथो, तह, पाँचौ तह, र छैठौँ तहका परीक्षार्थीहरुले शुक्रबार र शनिवार उच्च सुरक्षा सर्तकतामा रहेर
परीक्षा दिएका छन् ।

बजार क्षेत्रमा पनि सयौँँको संख्यामा अनुसन्धान प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका सुरक्षाकर्मीहरु खटाएको हो । कुनैपनि कारणले परीक्षामा बाधा नहोस् भन्ने उद्देश्यले परीक्षा केन्द्रहरुमा प्रशस्त मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।
लोकसेवा परीक्षाको सुरक्षाका लागि सुरक्षाकर्मीहरु विगतको भन्दा बढी परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए । जिल्लामा सञ्चालन भएका लोकसेवा आयोगका परीक्षा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण बनाउन यसो गरिएको उनले बताए ।
विभिन्न विरोधहरु बढिरहेको हँुदा सम्भावित घटना हुन नदिन पूर्व सर्तकता अपनाइएको उनले बताए । उनले स–साना घटनाले देशभरको परीक्षा रद्द हुने भएकाले पनि अलि बढी सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
लोकसेवा परीक्षालाई मर्यादित बनाउन भरपूर प्रयास गरेको र शान्तिपूर्ण बनाउन सकिएको उनले बताए । स्थानीय तह पदपूर्तिका लागि लोकसेवा आयोग नेपालले विभिन्न तहका लागि खोलेको विज्ञापन रद्द गर्ने माग राख्दै विभिन्न स्थानहरुमा भईरहेको आन्दोलनलाई मध्यनजर गर्दै प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीहरु परिक्षा केन्द्रमा परिचालन गरिएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपि वेलबहादुर पाण्डेले कुनैपनि कारणले परीक्षामा बाधा अवरोधहरु नआवस् भन्दै सुरक्षा व्यवस्थालाई कडा गरिएको बताए ।
अहिले समावेशीता, समानुपातिकताका आधारमा विज्ञापन रद्दको माग गर्दै विभिन्न स्थानहरुमा आन्दोलन भइहरेकाले यसको सतकर्ता अपनाउँदै सुरक्षाफोर्सको व्यवस्थापन बलियो बनाईएको उनले बताए ।
परीक्षा केन्द्र र परीक्षार्थीहरु धेरै भएकाले पनि प्रहरी, सशस्त्र, नेपाल प्रहरीहरु अन्य समयमा भन्दा यो पटक धेरै परिचालन गर्नुपर्ने उनको भनाई छ ।

२० हजार परीक्षार्थी सहभागी

लोकसेवा आयोगले सञ्चालन गरेको विभिन्न तहको परीक्षामा २० हजार परीक्षार्थीहरु सहभागी भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्थानीय तहको पाँचौ तहस्तरको परीक्षामा ६ हजार ६ सयजना परीक्षार्थीहरुले परीक्षा दिएका छन् ।
यस्तै दिवा सत्रमा सञ्चालन भएको स्थानीय तह चौथो परीक्षामा ८ हजार ४ सयजनाले परीक्षा दिएका छन् । त्यस्तै छैठौँ तहमा ५ हजारले दिएका छन् । परीक्षा लोकसेवा आयोगले तोकेको ४२ वटा परीक्षा केन्द्रमा सञ्चालन भएको थियो ।

केन्द्र पहिचानमा समस्या

आयोगको परीक्षा दिन आएका परीक्षार्थीहरु परीक्षा केन्द्रमा अलमल देखिएका थिए । बजार क्षेत्रभन्दा टाढा–टाढा परीक्षा केन्द्र तोकिएकाले अन्य जिल्लाबाट परीक्षा दिन आउने परीक्षार्थीहरु बाटो मै अलमल पर्ने फरक केनद्रमा जाने र विद्यालयको पहिचान नै गर्न नसक्दा धेरै परीक्षार्थीहरुले केन्द्रको तनाव भोगेको बताएका छन् ।
आयोगले बजार क्षेत्रबाट १२ किलोमिटर टाढासम्म परीक्षा केन्द्र तोकेको र सहज यातायातको समस्या भएका परीक्षार्थीहरुले गुनासो गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here