सुन्यबाट सुरुः सभामुख घर्ती

खेलकुद मुख्य खबर

घोराही, ३ फागुन । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले सुन्यबाट सुरु भएको प्रदेशको कामले एक बर्षभित्र तीब्ररुपमा गति लिने बताएका छन् । नेपाल मगर संघ दाङले १४२ औँ लखन दिवसका अवसरमा सुरु गरेको प्रथम लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घर्तीले यस्तो बताएका हुन् । प्रदेश राजधानी र स्थानीय संरचना, कर्मचारी र कानूनको अभावमा समस्या रहेको उल्लेख गर्दै प्रदेशस्तरमा १६ कानून प्रमाणीकरण भइसकेको र थप कानूनहरु निर्माणको चरणमा उल्लेख गर्दै सभामुख घर्तीले कानूनले काममा केही समस्या परेको भन्दै अबको एक बर्षमा त्यसको समाधान हुने बताए ।
देशको शासन प्रणाली परिवर्तनका लागि विभिन्न कालखण्डमा सहिदहरुको आहूतिले सम्भव रहेको भन्दै सभामुख घर्तीले सहिदहरु प्रेरक ब्यक्तिहरु रहेको भन्दै उनीहरुको सम्मान गर्नुपर्ने बताए । सहिदहरुको योगदानले देशमा परिवर्तन आएको उल्लेख गर्दै सभामुख घर्तीले प्राप्त उपलब्धिहरुको रक्षा गर्ने जिम्मेवारी सबैको रहेको बताए । नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेपाल मगर संघका केन्द्रीय सदस्य सावित्रा राना मगर, नेकपाका नेता सुवास पुन, नेपाली काँग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, फुटबल संघ दाङका अध्यक्ष सुशील श्रेष्ठ, नेपाल मगर संघका पूर्व अध्यक्ष भोपलाल रोका मगर, सल्लाहकार दयाजी रोका मगरले मन्तव्य व्यक्त गरेका थिए । फुटबल प्रतियोगिता उद्घाटन पूर्व घोराहीमा रहेको लखन पार्कमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गरी ¥यालीसहित तुलसीपुर चोक हँुदै भरतपुर खेलमैदानमा पुगेर उद्घाटन गरिएको थियो । संघका बरिष्ठ उपाध्यक्ष डिल्ली जिएमको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव मुक्त बुढा मगरले गरेका थिए ।

हापुर युथ क्लव बिजयी

यसैबीच लखन दिवसका अवसरमा बिहीबारदेखि घोराहीमा सुरु भएको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको पहिलो खेलमा हापुर युथ क्लवले २–१ गोल अन्तरले विजयी भएको छ । उद्घाटन खेलमा बबई मगर एकता क्लवलाई २–१ गोल अन्तरले युथ क्लवले बिजयी सुरुवात गरेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलको २४औँ मिनेटमा हापुर युथ क्लवका ईश्वर रोकाले गोल गरेर अग्रता बनाएका थिए भने ३१औँ मिनेटमा गेदलाल रोकाले गोल गरेर जितका लागि अग्रता गराएका थिए । यस्तै बबई मगर एकता क्लवका तर्फबाट दोस्रो हाफमा ३१ मिनेटमा किरण खत्रीले सान्त्वना गोल गरे पनि जित भने गराउन सकेनन् । प्रतियोगिताको दोस्रो दिन आज बिहान ८ बजे तुलसीपुरको एसएसएफए र पद्मोदय र दिउँसो २ बजे मेघा युवा क्लव पहेलो र संगठित युवा क्लवबीच हुने जनाइएको छ ।्

Leave a Reply

Your email address will not be published. Required fields are marked *