सुगर तथा थाईराइडको निःशुल्क शिविर

मुख्य खबर समाज

देउखुरी, १८ माघ । सुगर तथा थाईराइड बिरामीका लागि दुईदिने निःशुल्क शिविर बिहीबारदेखि लमहीमा शुरु भएको छ । लमहीमा रहेको पानस मेडिकल हलको आयोजनामा शिविर सञ्चालन भएको हो । मेडिकलका सञ्चालक प्रभात घिमिरेको अध्यक्षता एवं लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो ।
बिहीबार भएको निःशुल्क शिविरमा करिब तीन सय सुगर तथा थाईराइड बिरामीले सेवा लिएको मेडिकल सञ्चालक प्रभात घिमिरेले जानकारी दिए । शिविर आजसम्म हुनेछ । सुगर तथा थाईराइड बिरामीको स्वास्थ्य चेकजाँचमा डाक्टर सुनिल कुमार चौधरी रहेका छन् । पानस मेडिकलले थाईराइडका बिरामी गंगा देवकोटा र सुगरका बिरामी किसन चौधरीलाई एक बर्षसम्म निःशुल्क ल्याब टेष्ट गरिदिने भएको छ । डाक्टर सुनिल कुमार चौधरीले सुगर तथा थाईराइड रोगका बारेमा प्रकाश पारेका थिए । शिविर उद्घाटनमा लमही नगरपालिकाका प्रवक्ता बिम बहादुर केसीले पनि आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार केपी घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *